बलिउड स्टारर्सको आग्रह : सपरिवार फिल्म हेर्न हलमा आउनुहोस् « Khabarhub

बलिउड स्टारर्सको आग्रह : सपरिवार फिल्म हेर्न हलमा आउनुहोस्


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसका कारण ठप्प फिल्मी क्षेत्र विस्तारै चलायमान हुँदै छ । पछिल्लो समय भारतको सम्पूर्ण प्रान्तमा फिल्म हल खुलेपछि यो क्षेत्र विस्तारै पहिलेकै लयना फर्किने तयारीमा छ ।

आउँदो ५ नोभेम्बरमा बलिउडको प्रतिक्षित फिल्म ’सूर्यवंशी’ प्रदर्शनमा आउँदै छ । रोहित शेट्टी निर्देशित फिल्ममा अक्षय कुमार, कट्रिना कैफ , ज्याकी श्राफजस्ता कलाकारको अभिनय छ । यसमा अजय देवगन र रणवीर सिंह पनि देखिनेछन् । यसैले गर्दा यो प्रतिक्षित बनिरहेको छ, किनकि यो मास अडियन्स फिल्म हो ।

भारतको महाराष्ट्रमा फिल्म हल खुल्ने भएसँगै भटाभट फिल्म रिलिज घोषणा भइरहेको छ । यसै सन्दर्भमा फिल्म हल खुलेको र यसको मनोरञ्जन लिन फिल्म ’सूर्यवंशी’ का कलाकारहरू आग्रह गरेका छन् । अक्षय, अजय र रणवीरले एक भिडियोमा हलमा फिल्म हेर्नुको मज्जा छुटै हुने भन्दै दर्शकलाई हल फर्किन आग्रह गरेका हुन् ।

‘दर्शकको ताली र सिठ्ठीले फेरि हललाई गुन्जयमान बनाउने जिम्मा तपाइँको छ, सपरिवार अवस्य आउनु होला’, भिडियोमा स्टारहरूले आग्रह गरेका छन् । यस फिल्मलाई ओटीटीमा रिलिज गर्न धेरै नेटफ्लिक्स, प्राइम भिडियो, जी फाइभ, डिज्नी प्लस हटस्टारले आग्रह गरेका थिए ।

तर, फिल्म हलमै चलाउने निर्णयमा टीम अडिग रह्यो । कोरोना भाइरसको महामारी आएपछि रिलिज हुन लागेको ठूलो फिल्ममा ’सूर्यवंशी’लाई राखिएको छ । यसले गर्ने व्यापारले भारतमा मात्र होइन, नेपालमा पनि फिल्म रिलिजको तालिका तय हुनेछन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : २० बजे

मुस्ताङ अस्पतालमा बिरामीको चाप

मुस्ताङ– प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको सङ्ख्या दैनिक रूपमा

धुलिखेल खानेपानी आयोजना पुनर्निर्माण

काभ्रे– २०८१ साल असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलमा सञ्चालित

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल जेठ २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २३ गते शनिबार अधिक जेठ

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको