जेलमा तनावमा छन् आर्यन « Khabarhub

जेलमा तनावमा छन् आर्यन


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– लागुऔषध मामलामा हाल मुम्बईको आर्थर रोड जेलमा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान निकै तनावपूर्ण अवस्थामा बसिरहेका छन् । उनले जमानतका लागि निवेदन दिए पनि अदालतले जमानतको विषयमा निर्णय दिइसकेको छैन । उनी जमानतको निर्णय अदालतले २० अक्टोबरमा गर्दैछ ।

आर्यनका तर्फबाट अमित देसाई, सतीश मानशिन्दे र एनसीबीको तर्फबाट एडिसनल सोलिसिटर जनरल अनिल सिंहले दाबी पेश गरेका छन् । आर्यनको ट्रायल नम्बर ‘एन९५६’ हो । जेलमा कोही पनि व्यक्तिलाई उसको नामको सट्टा उसलाई दिइएको नम्बरले बोलाउने गरिन्छ ।

आर्यनलाई उनको कैदी नम्बर दिइएको छ । उनले जेलमा दिइएको खानेकुरा खान सकेका छैनन् । उनलाई दिइएको खानेकुरा उनले मनपराएका छैनन् । जेलमा बाहिरबाट खाना लान अनुमति नभएकाले उनले आफूले चाहेको खाना खान पाएका छैनन् । जेलमा उनले घरकै कपडा लगाइरहेका छन् ।

हालैमात्र नारकोटिक्स कन्ट्रोल ब्यूरोका अधिकारीले आर्यनसँग गरेको परामर्शमा उनले जेलबाट बाहिर निस्किएपछि गरिबलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

एनसीबीका जोनल निर्देशक समीर वानखेडेले आर्यनसँग परामर्श गरेका थिए । उनले समीरसँग जेलबाट बाहिर आउनसाथ गरिब र कमजोर व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ४ : ०५ बजे

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६