अभिनेत्री पूजा बेदीलाई कोरोना संक्रमण « Khabarhub

अभिनेत्री पूजा बेदीलाई कोरोना संक्रमण


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– कोरोना भाइरसको प्रकोप भलै कम भए पनि यो भाइरस हालसम्म सकिएको छैन । बलिउडमा पछिल्लो समयमा सेलिब्रेटीहरुलाई कोरोना संक्रमणको खबर निकै कम आइरहेको बेला अभिनेत्री पूजा बेदीलाई कोरोना संक्रमण भएको छ ।

अभिनेत्रीले आफ्नो इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै आफूलाई कोरोना संक्रमण भएको र फ्यानलाई आफ्नो स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेकी छन् ।

‘म कोरोना पोजेटिभ भएकी छु । पछिल्लो केही दिनदेखि एलर्जी र सायद त्यही कारणले रुघा दखिएको थियो । किनकी मलाई धुलोसँग एलर्जी हुन्छ । तर केही दिनदेखि ज्वरो पनि आएको थियो । त्यसपछि मलाई शंका लागेर कोभिड परीक्षण गर्दा मेरो रिपोर्ट पोजेटिभ आयो । यस्तो बेला डराउनु भन्दा पनि सावधानी अपनाउनुपर्छ । म सबै आवश्यक सावधानी अपनाउदै आफ्नो स्याहारसुसार गरिरहेकी छु’, उनले इन्स्टाग्राम भिडियोमा भनेकी छन् । पूजाका अनुसार उनका दुलाहा र मेडलाई पनि कोरोना संक्रमण भएको छ ।

पूजाले सन् १९९१ मा रिलिज फिल्म ‘विषकन्या’बाट अभिनय करियर सुरुवात गरेकी थिइन् । यो फिल्ममा उनले प्रमुख भूमिका निभाएकी थिइन् । यसपछि उनले सन् १९९२ मा रिलिज आमिर खान अभिनित फिल्म ‘जो जीता वही सिकन्दर’मा प्रमुख भूमिका निभाएकी थिइन् । यो फिल्ममा आमिरसँगको चुम्बन दृश्यका कारण उनी चर्चामा आएकी थिइन् ।

पूजा आफ्नो निजी जीवनलाई लिएर सामाजिक सञ्जालमा चर्चामा आइरहन्छिन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १२ : ३२ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले