आर्यनलाई विशेष ब्यारेकमा कडा सुरक्षा | Khabarhub Khabarhub

आर्यनलाई विशेष ब्यारेकमा कडा सुरक्षा


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान हाल मुम्बईस्थित आर्थर रोडको जेलमा बसिरहेका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोको हिरासत समयावधि सकिएपछि उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो । आर्यनको जमानतको आदेश अक्टोबर २० का लागि सुरक्षित गरिएको छ ।

समाचारअनुसार जेल अधिकारीहरुले आर्यन खानको सुरक्षा बढाएका छन् । उनलाई विशेष ब्यारेकमा लगिएको छ र जेल अधिकारीहरुले उनीमाथिको निगरानी बढाएका छन् । आर्यनले अहिले लागुऔषध मामलाका अन्य आरोपीहरुसँग कुराकानी र भेटघाट गरेका छैनन् ।

आर्यनले जेलको खाना खान रुचाएका छैनन । सुरुवाती केही दिन उनले बिष्कुटमात्र खाएका थिए । पिउनका लागि उनीसँग केही बोटल मात्रै मिनरल वाटर बाँकी छ । जेलको फोहोर ट्वाइलेट जानुपर्ने बाध्यताले पनि आर्यनले केही खानेकुरा नखाएको बताइएको छ ।

अधिकारीहरुका अनुसार आर्यनका आमाबुवाले उनलाई क्यान्टिन खर्चका लागि ४५ सय रुपैंयाँको मनी अर्डर पठाएका थिए । अहिले उनलाई घरेलु भोजन खानका लागि प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  २ : ०४ बजे

कृषिमन्त्रीको जवाफ- सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको 

काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरण

ऊर्जामन्त्री खड्काले भने- बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख भएको

काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य हो : संस्कृतिमन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले काठमाडौं उपत्यका

‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलबीच सहकार्यमा जोड’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष

नेपाल राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधारका लागि सुझाव कार्यदल गठन

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारका लागि सुझाव कार्यदल