विद्यार्थी बेहोस हुन थालेपछि कक्षा कोठाभित्रै ग्रह शान्ति र चण्डी पूजा ! « Khabarhub

विद्यार्थी बेहोस हुन थालेपछि कक्षा कोठाभित्रै ग्रह शान्ति र चण्डी पूजा !


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर ११ लालस्थित नेरामाविका विद्यार्थीहरुमा अनौठो खालको विराम देखापरेपछि कक्षाकोठाभित्रै ग्रह शान्ति र चण्डी पूजा गरिएको छ ।

धामीले ग्रहदशा बिग्रेर विद्यार्थी विरामी परेको बताएपछि विद्यालयले पुरोहित बोलाएर कक्षा कोठामै ग्रहशान्ति पूजा र चण्डी पाठ गराएको आजको समाचारपत्रमा समाचार उल्लेख छ । धामीको सल्लाहामा लागेका केही अभिभावकको अनुरोधमा विद्यार्थी निको पार्न पूजा गरिएको विद्यालयका प्रधानाध्यापक हरिनारायण लाल कर्णले बताए । उनले ५ जना पुरोहति बोलाएर बिहान ७ बजेदेखि ४ बजेसम्म कक्षा कोठामा नै वेद, रुद्री र चण्डी पाठ तथा पूजा गरिएको जानकारी दिए ।

पूजा चल्दै गर्दा पनि विद्यार्थीहरु पटकपटक बेहोस बनेका थिए । पूरोहितले प्रभावित छात्रालाई जवरजस्ति पूजाको प्रसाद खान लगाएका थिए । विद्यालय बन्द गरेर गरिएको पूजा कार्यक्रममा विरामी विद्यार्थी, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षकको समेत सहभागिता रहेको थियो ।

शुरुमा कक्षा ४ मा अध्ययन गर्ने ३ जनामा देखापरेको सो समस्याबाट एक साताभित्र ८ जना छात्रामा देखिएको प्रधानाध्यापक कर्णले जानकारी दिए ।  उनीहरुले कक्षा शुरु हुने बित्तिकै रुने, चिच्याउने, उफ्रिने र एक्कासी बेहोस हुने जस्ता समस्या देखा परेको थियो । यस्तो समस्या देखिएका विद्यार्थीका कारण विद्यालयको पठनपाठन प्रभावित भएपनि ग्रहशान्ति पूजा गरिएको प्राध्यापक कर्णले बताए ।

घरमा बस्दा भने उनीहरुमा त्यस्तो कुनै समस्या नदेखिएको बताइएको छ । अन्य विद्यार्थीमा समेत प्रभावित हुनसक्ने आशंकामा अघिल्लो साता २ दिन विद्यालय नै बन्द गरिएको थियो । कतिपय अभिभावकले विद्यालयमा पिचासले बास गरेको र विद्यार्थीलाई दुख दिएको समेत बताउदै आएका छन ।

प्राथमिक स्वाथ्य केन्द्र हरैयाका चिकित्सक राजिव सिन्हाले कुनै देवीदेवता वा पिचासका कारणले नभई मानसीक तनावका कारण किशोरावस्थाका केहीमा यस्तो समस्या देखापर्ने बताए ।  उनले कन्भर्शनल डिसअर्डरले प्राय किरोरीहरु प्रभावित हुने गरेको र २० बर्ष उमेर पार गरेपछि समस्या आफै हराउने पनि बताए । चिकित्सक वा विशेषज्ञबाट परामर्श लिएर आवश्यक उपचार गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ८ : ३९ बजे

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब