विद्यार्थी बेहोस हुन थालेपछि कक्षा कोठाभित्रै ग्रह शान्ति र चण्डी पूजा ! « Khabarhub

विद्यार्थी बेहोस हुन थालेपछि कक्षा कोठाभित्रै ग्रह शान्ति र चण्डी पूजा !


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर ११ लालस्थित नेरामाविका विद्यार्थीहरुमा अनौठो खालको विराम देखापरेपछि कक्षाकोठाभित्रै ग्रह शान्ति र चण्डी पूजा गरिएको छ ।

धामीले ग्रहदशा बिग्रेर विद्यार्थी विरामी परेको बताएपछि विद्यालयले पुरोहित बोलाएर कक्षा कोठामै ग्रहशान्ति पूजा र चण्डी पाठ गराएको आजको समाचारपत्रमा समाचार उल्लेख छ । धामीको सल्लाहामा लागेका केही अभिभावकको अनुरोधमा विद्यार्थी निको पार्न पूजा गरिएको विद्यालयका प्रधानाध्यापक हरिनारायण लाल कर्णले बताए । उनले ५ जना पुरोहति बोलाएर बिहान ७ बजेदेखि ४ बजेसम्म कक्षा कोठामा नै वेद, रुद्री र चण्डी पाठ तथा पूजा गरिएको जानकारी दिए ।

पूजा चल्दै गर्दा पनि विद्यार्थीहरु पटकपटक बेहोस बनेका थिए । पूरोहितले प्रभावित छात्रालाई जवरजस्ति पूजाको प्रसाद खान लगाएका थिए । विद्यालय बन्द गरेर गरिएको पूजा कार्यक्रममा विरामी विद्यार्थी, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षकको समेत सहभागिता रहेको थियो ।

शुरुमा कक्षा ४ मा अध्ययन गर्ने ३ जनामा देखापरेको सो समस्याबाट एक साताभित्र ८ जना छात्रामा देखिएको प्रधानाध्यापक कर्णले जानकारी दिए ।  उनीहरुले कक्षा शुरु हुने बित्तिकै रुने, चिच्याउने, उफ्रिने र एक्कासी बेहोस हुने जस्ता समस्या देखा परेको थियो । यस्तो समस्या देखिएका विद्यार्थीका कारण विद्यालयको पठनपाठन प्रभावित भएपनि ग्रहशान्ति पूजा गरिएको प्राध्यापक कर्णले बताए ।

घरमा बस्दा भने उनीहरुमा त्यस्तो कुनै समस्या नदेखिएको बताइएको छ । अन्य विद्यार्थीमा समेत प्रभावित हुनसक्ने आशंकामा अघिल्लो साता २ दिन विद्यालय नै बन्द गरिएको थियो । कतिपय अभिभावकले विद्यालयमा पिचासले बास गरेको र विद्यार्थीलाई दुख दिएको समेत बताउदै आएका छन ।

प्राथमिक स्वाथ्य केन्द्र हरैयाका चिकित्सक राजिव सिन्हाले कुनै देवीदेवता वा पिचासका कारणले नभई मानसीक तनावका कारण किशोरावस्थाका केहीमा यस्तो समस्या देखापर्ने बताए ।  उनले कन्भर्शनल डिसअर्डरले प्राय किरोरीहरु प्रभावित हुने गरेको र २० बर्ष उमेर पार गरेपछि समस्या आफै हराउने पनि बताए । चिकित्सक वा विशेषज्ञबाट परामर्श लिएर आवश्यक उपचार गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ८ : ३९ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका

हुरीबतासले रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको