२ करोड ६० लाख बस्ने चिनियाँ वित्तीय राजधानी साङ्घाईमा लकडाउन | Khabarhub Khabarhub

२ करोड ६० लाख बस्ने चिनियाँ वित्तीय राजधानी साङ्घाईमा लकडाउन


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शून्य कोभिड नीतिलाई निरन्तरता दिँदै चीनको वित्तीय केन्द्र साङ्घाईमा लकडाउनको घोषणा गरिएको छ । २ करोड ६० लाख जनसङ्ख्याको बसोबास रहेको साङ्घाईमा व्यापक कोरोना परीक्षण गर्न भन्दै लकडाउनको घोषणा गरिएको हो ।

मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएका कारण लकडाउन गरिएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबारमात्रै साङ्घाई शहरमा ३५०० जना कोरोना संक्रमित थपिएका थिए ।

साङ्घाईमा दुई चरणमा लकडाउन लागू गरिने बताइएको छ । पहिलो चरणमा साङ्घाईको पुदोङ वित्तीय जिल्ला र आसपासका क्षेत्रमा सोमबारदेखि शुक्रबारसम्मका लागि लकडाउन घोषणा गरिएको हो ।

समाचार संस्था एपीले जनाएअनुसार दोश्रो चरणमा शुक्रबारदेखि ५ दिन सम्मका लागि हाङ्गपु नदीको पश्चिमी क्षेत्रमा रहेको डाउनटाउन क्षेत्रमा लकडाउन गरिने छ ।

स्थानीय सरकारका अनुसार बासिन्दाहरुलाई घरमै रहन भनिएको छ भने अत्यावश्यक बाहेकका कार्यालय र व्यवसाय बन्द गर्न निर्देशन दिइएको छ । साथै सार्वजनिक यातायात पनि बन्द गरिने जनाइएको छ ।

यसअघिका केही सातामा पनि साङ्घाईको केही क्षेत्रहरुमा लकडाउन गरिएको थियो ।

सोमबार लकडाउन हुने थाहा पाएर स्थानीयहरुले हतारमा घरायशी सामान किनेकाले त्यहाँका किनमेल केन्द्र र पसल रित्तो भएको एपीले जनाएको छ ।

पछिल्लो पटक घोषणा गरिएको लकडाउन चीनले पछिल्ला दुई वर्षमा लागू गरेको सबैभन्दा कठोर रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १२ : ०० बजे

जाँचबुझ आयोगसमक्ष आईजीपीले पनि दिए बयान

काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङसँग जेनजी आन्दोलनको घटना छानबिन

बझाङमा ट्याक्टर दुर्घटनाः दुई जनाको मृत्यु, चालकको अवस्था गम्भीर

बझाङ – बझाङको थलारा गाउँपालिका–२ कफलकाँडामा बुधबार राति भएको ट्याक्टर

अनलाइन ठगी बढ्दै, सचेत रहन प्रहरीको आग्रह

काठमाडौं – जिल्ला प्रहरी परिसर, काठमाडौंले पछिल्ला दिनमा अनलाइनमार्फत हुने

सिंहदरबारबाट बाहिरिँदै रवि लामिछानेले भनेः बोल्ने समय आउँदैछ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले बोल्ने समय

नेवार समुदयाले मनाए सकिमना पुन्ही, टोलटोलमा अन्नका आकृति र दाफा भजन

भक्तपुर – भक्तपुरको पाँचतले मन्दिर परिसर र मध्यपुरथिमिको ऐतिहासिक मठ