भारतबाट सस्तो तरकारी भित्रिदा स्थानीय किसान मर्कामा | Khabarhub Khabarhub

भारतबाट सस्तो तरकारी भित्रिदा स्थानीय किसान मर्कामा


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – खुला सीमानाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन् ।

सम्भावना देखेर कृषि पेसामा लागेका किसान भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि समस्यामा परेको बताउँछन् । बैंकिङ लगानीमा कृषि पेसा अङ्गालेका कृषकले उत्पादन गरेको तरकारीलाई आयातित उत्पादनले विस्थापित गरेको किसानको पीडा छ ।

सरकारी तहबाट सहयोग नहुनु र बजारीकरणमा समस्याले बाहिरबाट आएका उत्पादनले आफूहरुको तरकारी उत्पादनलाई विस्थापित गरेको गैडहवा गाउँपालिका–७ का किसान विजयसिंह केवट बताउँछन् । आर्थिक वर्ष २०७८-०७९ को जेठ मसान्तसम्ममा जिल्लाको भैरहवा भन्सार नाकाबाट १० हजार ५६९ मेट्रिक टन हरियो तरकारी नेपाली बजारमा भित्रिएको देखिन्छ । यसको अलावा खुला सीमाको फाइदा उठाउँदै मोटरसाइकल र साइकलमा तरकारी दैनिक नेपाल भित्रिने गरेको छ ।

भारतमा कृषि उत्पादनमा सरकारले बीउ, मल, प्रविधि, विद्युत्लगायतमा सहयोग पुर्‍याउँदा कृषि उत्पादन लागत नेपालभन्दा निकै सस्तो हुने गर्दछ । नेपालमा मल, बीउ, प्राविधिक सहयोग, बजारीकरणको अभाव हुँदा बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या परेको जिल्लाको तिलोत्तमा नगरपालिका–१४ का किसान पन्नेलाल केवट गुनासो गर्छन् । नेपालमा तरकारी बजारमा विचौलियाको समेत बढी प्रभाव हुने गरेको छ । यसले नेपाली किसान विस्थापित हुने गरेको सिद्धार्थनगर नगरपालिका–१२ का किसान राधेश्याम  लोध बताउँछन् ।

सङ्घ र प्रदेश हुँदै स्थानीय सरकारले नेपाली किसानलाई कृषि उत्पादनमा सहयोग र उत्पादन भएको वस्तु बजारीकरणमा व्यवस्थापन गर्नुपर्ने रुपन्देही कृषि उद्यमी बताउँछन् । सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँले नगर क्षेत्रमा तरकारी खेती उत्पादन गर्ने किसानका लागि अब विशेष प्याकेज ल्याउने भन्दै भारतीय तरकारीको विकल्प खोज्ने बताएका छन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : ०० बजे

सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण

काठमाडौं– सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले  विश्वको सर्वोच्च शिखर

स्थानीय आफैँले बनाउन थाले खोलामा पुल

दाङ– दाङ–रोल्पा सडकखण्डअन्तर्गत बिजौरी-होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन ।

खोटाङको ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण हुँदै

खोटाङ– खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट

बैतडीमा रेबिजविरुद्धको खोप अभाव

बैतडी– बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका

सुदूरपश्चिम सरकार र कर्मचारीबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच