बाँकेमा एक दम्पती मृत भेटिए | Khabarhub Khabarhub

बाँकेमा एक दम्पती मृत भेटिए


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज- बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।

मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिए।

उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । सो दम्पतीको विवाह भएको एक वर्ष भएको बताइएको छ ।

“घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ”, प्रनाउ न्यौपानेले भने। उनले घटना शङ्कास्पद भएको उल्लेख गर्दै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताए। घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १२ : १७ बजे

भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकको आकर्षक गन्तव्य

भोजपुर- भाेजपुरकाे हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग

गाडीले किचेर एकजनाको मृत्यु

दाङ– दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च

चितवन-  चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा

गाजामा कुपोषणका कारण मृत्यु बढ्यो

गाजा – इजरायलले गाजामा मान्छे मार्नेक्रम रोकिएको छैन। शनिबार मात्र

वन्यजन्तु जोगाउन संरक्षण पाठशाला सञ्चालन

भरतपुर– चितवनमा वन्यजन्तु, बासस्थान संरक्षण र प्रदूषण नियन्त्रणसम्बन्धी सचेतना कक्षा