देवघाटमा जग्गा नापजाँच सुरु, तथ्याङ्क सङ्कलन गरिँदै | Khabarhub Khabarhub

देवघाटमा जग्गा नापजाँच सुरु, तथ्याङ्क सङ्कलन गरिँदै


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा देवघाट–५ बाट शनिबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो ।

उक्त वडाको देउपुर टोल विकास संस्थाबाट जग्गा नापजाँचको कार्य गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए। यस वडामा यसअघि नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिसकिएकाले पहिलो चरणमा देउपुर टोलबाट जग्गा नापजाँच सुरु गरिएको उनले बताए।

सबैभन्दा बाक्लो बस्ती भएको टोलबाट जग्गा नापजाँचको काम सुरु गरिएको हो । यो टोलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासी गरी तीन सय ५५ लाई निवेदन दर्ताको निस्सा वितरण गरिएको छ ।

वडाभर भूमिहीन दलित १९, भूमिहीन सुकुम्बासी ६२ र अव्यवस्थित बसोबासी एक हजार चार सय ५५ जना छन् । ‘एक महिनाभित्रमा वडाभित्र जग्गा नापजाँच सक्ने लक्ष्यसहित काम सुरु भएको छ’, उनले भने। जग्गा नापजाँचका लागि टोली प्रमुखको रूपमा नापी कार्यालय तनहुँका राजीव श्रेष्ठ खटिएका छन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ मा पनि यसअघि जग्गाको नापजाँच प्रक्रिया सुरु भएको छ । नापी कार्यालय तनहुँका प्राविधिक श्रेष्ठका अनुसार उक्त वडामा जग्गाको नापजाँच कार्य जारी छ । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले हालसम्म शुक्लागण्डकी नगरपालिका–७, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका–१ र २, देवघाट गाउँपालिका–५ र व्यास नगरपालिका–१ र २ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको जानकारी दिए ।

जिल्लाका १० पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ । यो कामका लागि सबै अधिकार स्थानीय तहमा रहेको बताइएको छ । तथ्याङ्क दर्ता, निस्सा वितरण, सार्वजनिक सूचना जारीपश्चात् उजुरी सङ्कलनलगायतका काम हुने आयोग अध्यक्ष अधिकारीले जानकारी दिए। भूमिहीन सुकुम्बासी र भूमिहीन दलितका हकमा सात दिने र अव्यवस्थित बसोबासीका हकमा १५ दिने सार्वजनिक सूचना जारी हुनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : ३९ बजे

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराका चल्ला बरामद

रौतहट – रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा

विश्वासको मत लिँदा ओलीलाई छेक्न सक्लान् प्रचण्डले ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते संसद्बाट

आजका समाचार : असार २८ मा विश्वासको मत, गोर्खा मिडियामा ६३ करोड ऋण

प्रधानमन्त्री भन्छन्- राजनीतिमा उतारचढाव भइरहन्छ, विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

हुम्ला – हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

आर्थिक वर्ष सकिन लाग्दासमेत भुक्तानी नपाएपछि निर्माण व्यवसायी चिन्तित

काठमाडौं–  नेपाल निर्माण व्यवसायी महासंघले आर्थिक वर्ष समाप्त हुन लाग्दा