खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प « Khabarhub

खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ : १४ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जानकारी दिए‍ ।

भूकम्पको धक्का खोटाङ, काठमाडौँसहित पूर्वी नेपालका धेरै ठाउँमा महसुस गरिएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको छ ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : २३ बजे

निर्वाचन समीक्षापछि नेतृत्वको बहस गरौँला, वाम एकतालाई परिस्थिति अनुकूल छैन : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका वैचारिक नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा

वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेल वर्षाका

सरोकार समितिले भन्यो- विपद् र साइबर बुलिङबारे गृहमन्त्रीसँग छलफल गर्छौँ 

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले विपद्

नेपालको आठौँ विकेट पतन, शेर मल्ल आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी