श्रीलंकामा सर्वदलीय सरकारका लागि विपक्षीसँग वार्ता « Khabarhub

श्रीलंकामा सर्वदलीय सरकारका लागि विपक्षीसँग वार्ता


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आफ्नो नेतृत्वमा रहेको सर्वदलीय सरकारमा सामेल हुनका लागि विपक्षी दलहरूसँग वार्ता सुरु गरेका छन् । आफ्नो प्रशासनमा विश्वास स्थापित गर्न र टाट पल्टिएको देशलाई खराब आर्थिक सङ्कटबाट जोगाउन उनले पछिल्लो कदम चालेका हुन् ।

वार्ता एक साता सम्पन्न हुने स्रोतलाई उदृत गर्दै डेली मिररले जनाएको छ । विक्रमासिंघेले बिहीबार पूर्वराष्ट्रपति मियाथ्रिपाला सिरिसेनाको श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)सँग वार्ता गरेका छन् । तर, प्रमुख प्रतिपक्षी दल समगी जन बालवेगय (एसजेबी) पार्टी सरकारमा सहभागी नहुने अखबारले जनाएको छ ।

यसको सट्टा यसका केही सांसदहरू व्यक्तिगत रूपमा सत्तापक्षसँग सामेल हुने विचार गरिरहेका जनाइएको छ । यसैबीच, सांसद विमल विरावान्साको नेतृत्वमा राष्ट्रिय स्वतन्त्रता मोर्चा (एनएफएफ)ले विक्रमासिंघेलाई समर्थन गर्ने वाचा गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : ३० बजे

निर्वाचन समीक्षापछि नेतृत्वको बहस गरौँला, वाम एकतालाई परिस्थिति अनुकूल छैन : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका वैचारिक नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा

वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेल वर्षाका

सरोकार समितिले भन्यो- विपद् र साइबर बुलिङबारे गृहमन्त्रीसँग छलफल गर्छौँ 

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले विपद्

नेपालको आठौँ विकेट पतन, शेर मल्ल आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी