बुटवलमा लालपुर्जा वितरण गर्न जग्गा नापजाँच सुरु « Khabarhub

बुटवलमा लालपुर्जा वितरण गर्न जग्गा नापजाँच सुरु


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- बुटवलमा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरुआत भएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आज बुटवलको वडा नं १७ बाट नापजाँचको उद्घाटन गर्दै भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि कामको सुरुआत गरिएको बताए ।

प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिइने उनको भनाइ छ । उनले जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न पनि आग्रह गरे ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम सुरु गर्न सम्भव भएको बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : २७ बजे

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय

मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका

केन्यामा हात्ती मर्न थालेपछि चिन्ता

नैरोबी- दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका