भक्तपुर नगरपालिकाद्वारा मासु पसल अनुगमन | Khabarhub Khabarhub

भक्तपुर नगरपालिकाद्वारा मासु पसल अनुगमन


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- दसैँ नजिकिएसँगै बजारमा मासु पसललाई कानुनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले आज कमल विनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसल दर्ता नवीकरण नगरेको, फोहर रहेको पाइएको छ ।

समितिका संयोजक गोराले भने, “मासु पसलको अनुगमनमा गर्दा मासुमा झिँगा भन्किएको, पसल दर्ता नगर्ने, दर्ता गरेकाले पनि वर्षौँदेखि नवीकरण नगर्ने, मार्बल वा टायल नराखेको, तराजु नवीकरण नभएको, फोहर पानीले मासु सफा गरेको, पानी ढल निकासमा सजिलै जाने गरी निकासको व्यवस्था नगरेको, कामदारलाई बुट र पञ्जाको व्यवस्था नगरेको पायौँ, उनीहरूलाई यो सबै व्यवस्था गर्न निर्देशन दिएका छौँ ।”

बजार निरीक्षक रामकृष्ण प्रजापतिले अनुगमनका क्रममा नियम पालना नगर्नेको सम्पूर्ण कागजपत्र लिएर तीन दिनभित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएको बताउँदै दर्ता नवीकरण नभएका ढक तराजु जफत गरिएको बताए।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ४ : ४४ बजे

विद्युत् खम्बा ढल्दा तनहुँका दुई पालिका अन्धकारमा

तनहुँ– गत विहीबार रातिदेखि परेको वर्षाका कारण तनहुँको बुद्धसिंह मार्गअन्तर्गत

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग

झ्याप्लेखोला घटना : धादिङका प्रजिअ गृहमा तानिए

काठमाडौं– त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेंसी नगरपालिका र काठमाडौंको चन्द्रागिरि नगरपालिकाको

खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सम्पर्क विच्छेद

खोटाङ– अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा ३३ घर

बाढीपहिरो अपडेट : १९२ जनाको मृत्यु, ३० जना बेपत्ता

काठमाडौं– गत शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण आएको