डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने औषधी नेपाल भित्रियो « Khabarhub

डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने औषधी नेपाल भित्रियो


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डेंगु रोगको संक्रमण बढिरहेका बेला लामखुट्टेको लार्भा नष्ट गर्ने किटनाशक औषधी नेपालमा भित्रिएको छ ।

भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम किटनाशक औषधी नेपालमा भने सफल स्वास्थ्य सेवा प्रा.लि.को सहकार्यमा भित्र्याइएको हो । यो औषधीले लामखुट्टेको लार्भालाई नष्ट गर्ने दाबी गरिएको छ ।

उत्पादक कम्पनी अजय बायोटेकका नेपाल प्रतिनिधि रुनाल तामाङले नेपालमा औषधी ल्याएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा संकलन गरिएका लार्भामा प्रयोग गर्दा सफल परीक्षण भएको बताए ।

उनले १ लिटर पानीमा ३५ देखि ४० ग्राम बायोडाट एम मिलाए एक हेक्टर क्षेत्रफलमा ७ दशमलव ५ किलोग्राम छर्न सकिने बताए । लार्भा भएको पानीमा यो औषधी हाल्दा लार्भाले त्यसलाई खाने र पचाउन खोज्दा एक प्रकारको टक्सीड निस्किएर लार्भा मर्ने त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक अच्युत अधिकारीले बताए ।

विश्व स्वास्थ्य संगठनले किटजन्य वस्तु नष्ट गर्न अनुमति दिएका कारण यो प्रविधि सुरक्षित समेत रहेको अधिकारीले दाबी गरे ।  यो औषधी १५ दिनको फरकमा प्रयोग गर्न सकिने  छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ०४ बजे

जिल्ला अदालतले दिएन प्रेसिडेन्सियल स्कुलले रुद्रराज पाण्डेविरुद्ध दायर गरेको मुद्दामा अन्तरकालीन आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले प्रेसिडेन्सियल ग्र्याजुएट स्कुल प्रा.लि.ले रुद्रराज पाण्डेविरुद्ध

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा