डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने औषधी नेपाल भित्रियो | Khabarhub Khabarhub

डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने औषधी नेपाल भित्रियो


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डेंगु रोगको संक्रमण बढिरहेका बेला लामखुट्टेको लार्भा नष्ट गर्ने किटनाशक औषधी नेपालमा भित्रिएको छ ।

भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम किटनाशक औषधी नेपालमा भने सफल स्वास्थ्य सेवा प्रा.लि.को सहकार्यमा भित्र्याइएको हो । यो औषधीले लामखुट्टेको लार्भालाई नष्ट गर्ने दाबी गरिएको छ ।

उत्पादक कम्पनी अजय बायोटेकका नेपाल प्रतिनिधि रुनाल तामाङले नेपालमा औषधी ल्याएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा संकलन गरिएका लार्भामा प्रयोग गर्दा सफल परीक्षण भएको बताए ।

उनले १ लिटर पानीमा ३५ देखि ४० ग्राम बायोडाट एम मिलाए एक हेक्टर क्षेत्रफलमा ७ दशमलव ५ किलोग्राम छर्न सकिने बताए । लार्भा भएको पानीमा यो औषधी हाल्दा लार्भाले त्यसलाई खाने र पचाउन खोज्दा एक प्रकारको टक्सीड निस्किएर लार्भा मर्ने त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक अच्युत अधिकारीले बताए ।

विश्व स्वास्थ्य संगठनले किटजन्य वस्तु नष्ट गर्न अनुमति दिएका कारण यो प्रविधि सुरक्षित समेत रहेको अधिकारीले दाबी गरे ।  यो औषधी १५ दिनको फरकमा प्रयोग गर्न सकिने  छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ०४ बजे

शिक्षा मन्त्रीले भने : शिक्षकसँग भएको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छौं

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार र

प्रेस स्वतन्त्रता सुदृढ हुँदा मात्रै लोकतन्त्र हुन्छ : एनपी साउद

काठमाडौं – पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री