बारा-३ बाट प्रतिनिधिसभा सदस्यमा ज्वाला साह निर्वाचित | Khabarhub Khabarhub

बारा-३ बाट प्रतिनिधिसभा सदस्यमा ज्वाला साह निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बारा – बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमार साह निर्वाचित भएकी छन् । एमाले पोलिटव्युरो सदस्यसमेत रहेकी साह २ हजार ९८२ मतको फराकिलो मतान्तरले निर्वाचित भएकी हुन् ।

पूर्वमन्त्री साहले २० हजार २५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रामबाबुकुमार यादवले १७ हजार २६९ मत प्राप्त गरे । जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष समेत रहेका यादव ०७४ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद हुन् । यादवलाई पराजित गरेकी साह भने ०७४ को निर्वाचनमा ३(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

यस क्षेत्रमा गठबन्धनबाट लोकतान्त्रिक समाजवादीका लालबाबु सिंहले ११ हजार नौ सय ६४ मत प्राप्त गरेका छन् । त्रिपक्षीय भिडन्तमा साहले जित हासिल गरेकी हुन् ।

साह बाराबाट निर्वाचित हुने एक मात्रै महिला सांसद हुन् । मधेस प्रदेशको सबै जिल्ला र क्षेत्रमा तालमेल गरेको एमालेले बारा ३ मा भने जसपासंग मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गर्दै साहलाई उम्मेदवार बनाएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : ४९ बजे

प्रयागराजको महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

काठमाडौं – ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रष्टको संरक्षकका रुपमा संहिताशास्त्री अर्जुनप्रसाद

प्रयागराज महाकुम्भबाट फर्किंदै गरेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु

जलेश्वर – भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच

डोटीमा आठ करोडको सुन्तला उत्पादन

डोटी – जिल्लामा एक वर्षको अवधिमा रु आठ करोडको सुन्तला

टाइगर कप भलिबलः गण्डकी फाइनलमा

कास्की – टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित महिला तथा

प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे

मोरङ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारले माग गरेका