'बालबालिकाको भविष्य राम्रो बनाउन आमाहरूको भविष्य सुरक्षित हुनुपर्छ'  | Khabarhub Khabarhub

‘बालबालिकाको भविष्य राम्रो बनाउन आमाहरूको भविष्य सुरक्षित हुनुपर्छ’ 


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालबालिकाहरूको भविष्य राम्रो बनाउन पहिला आमाहरूको भविष्य सुरक्षित र राम्रो बनाउनुपर्ने बताएका छन् ।

लूनिभा बाल सरोकार समूहले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले अव नेपाली समाजलाई रूपान्तरण गर्ने हो भने बालबालिकाहरूको भविष्य राम्रो बनाउनुपर्ने र त्यसका लागि आमाहरूको भविष्यलाई पनि ध्यान दिनुपर्ने बताएका हुन् । बालबालिकाहरूको पहिलो शिक्षा जन्मदादेखि नै घरबाटै हुने र त्यसमा आमाहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुमात्रै नभएर सिंगो राज्यले भविष्यका कर्णधार बालबालिकाहरूको अधिकार स्थापित गर्न प्रतिवद्ध हुनुपर्ने उनको भनाइ छ । तिमिल्सिनाले राजनीतिक परिवर्तनपछि विकास समृद्धि र सुशासनको जनताको चाहनालाई पुरा गर्नका लागि गम्भीर भएर काम गर्नुपर्ने बताए ।

लूनिभा  रजत जयन्ती २०७९ समापन समारोहका अवसरमा आयोजित कार्यक्रममा बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ३ : ३० बजे

सहमति कार्यान्वयन गर्न ऊर्जालाई प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले डेडिकेटेड तथा ट्रंकलाइनको मध्यमार्गी बाटो

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक