शंकरदेव क्याम्पस नेविसंघद्वारा आयोजित कार्यक्रममा २०८ जनाले गरे रक्तदान « Khabarhub

शंकरदेव क्याम्पस नेविसंघद्वारा आयोजित कार्यक्रममा २०८ जनाले गरे रक्तदान


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेविसंघ नेता मदनराज उपाध्यायको संयोजकत्वमा आयोजित कार्यक्रममा दुई सय ८ जनाले रक्तदान गरेका छन् । क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै नेविसंघले रक्तदान कार्यक्रम गरेको हो । 

‘रंग र खादा लगायर वा कुनै तामझामका साथ नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभन्दा कुनै बिरामीका लागि जीवनदान हुनेगरि रक्तदान कार्यक्रमको आयोजना गरेर विद्यार्थी साथीहरूलाई स्वागत गरेका हौं,’ नेता उपाध्यायले भने । उनले थोरै भए पनि बिरामीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रमका नेविसंघ क्याम्पस इकाई अध्यक्ष विवेक तामाङ प्रमुख अतिथि रहेका थिए । यस्तै शंकरदेव क्याम्पसका नेताहरू भुवन ओझा, कृष क्षेत्री, रविन कार्की, पवन ऐर, निरज बेलवासे, गजेन्द्र बम, केशव जोशी, भुवन भाट, प्रमोद पण्डितलगायतले आफ्नो धारणा राखेका थिए ।

नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दवाव दिनुका साथै यस्तै रचनात्मक काम गर्दैजाने जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ६ : ५३ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित