शंकरदेव क्याम्पस नेविसंघद्वारा आयोजित कार्यक्रममा २०८ जनाले गरे रक्तदान « Khabarhub

शंकरदेव क्याम्पस नेविसंघद्वारा आयोजित कार्यक्रममा २०८ जनाले गरे रक्तदान


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेविसंघ नेता मदनराज उपाध्यायको संयोजकत्वमा आयोजित कार्यक्रममा दुई सय ८ जनाले रक्तदान गरेका छन् । क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै नेविसंघले रक्तदान कार्यक्रम गरेको हो । 

‘रंग र खादा लगायर वा कुनै तामझामका साथ नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभन्दा कुनै बिरामीका लागि जीवनदान हुनेगरि रक्तदान कार्यक्रमको आयोजना गरेर विद्यार्थी साथीहरूलाई स्वागत गरेका हौं,’ नेता उपाध्यायले भने । उनले थोरै भए पनि बिरामीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रमका नेविसंघ क्याम्पस इकाई अध्यक्ष विवेक तामाङ प्रमुख अतिथि रहेका थिए । यस्तै शंकरदेव क्याम्पसका नेताहरू भुवन ओझा, कृष क्षेत्री, रविन कार्की, पवन ऐर, निरज बेलवासे, गजेन्द्र बम, केशव जोशी, भुवन भाट, प्रमोद पण्डितलगायतले आफ्नो धारणा राखेका थिए ।

नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दवाव दिनुका साथै यस्तै रचनात्मक काम गर्दैजाने जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ६ : ५३ बजे

जाडो बढेसँगै लेकबाट बेसी झर्ने बढे

गोरखा- जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा बेसी झर्न थालेका

नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन : स्वर्णिम वाग्ले

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी