६ महिनाभित्र बियरको खाली बोतल हटाउन निर्देशन « Khabarhub

६ महिनाभित्र बियरको खाली बोतल हटाउन निर्देशन


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लमजुङ– दोर्दी गाउँपालिकाभित्रका होटल तथा रेष्टुरेन्टमा रहेका बियरलगायत सिसाका खाली बोतल आगामी ६ महिनाभित्रमा नहटाएमा बियर बिक्री वितरण गर्न रोक लगाउने गाउँपालिकाले निर्णय गरेको छ । दोर्दी गाउँपालिका-४ नौथर सेरामा बसेको गाउँपालिकाको आठौं  गाउँपालिका बैठकले उक्त निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।  

गाउँपालिकाभित्रका विभिन्न होटल तथा रेष्टुरेण्टमा विभिन्न कम्पनीहरूका बियर लगायत अन्य सिसाका बोतलमा ल्याइएका पेय पदार्थहरूको बोत्तलले गाउँपालिकाका बजार कुरुप बन्दै गएकाले ६ महिनाभित्रमा हटाई सक्नुपर्ने वा फिर्ता लैजानु पर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । 

त्यस्तै, सो बैठकले गाउँपालिकाको गाउँसभा आगामी  २८ र २९ पुस गर्ने निर्णय गरेको छ । त्यस्तै, लिपे मेमेपोखरी पदमार्ग निर्माण गर्न, फोहोर व्यवस्थापन तथा कम्पोष्ट मल बनाउने स्थल निर्माण, गाउँपालिका स्तरीय १५ सैयाको अस्पताल भवन निर्मााण गर्न आवश्यक जग्गा माग गर्न, राष्ट्रिय योजना आयोगमा पेश गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । एउटा चारपाङ्ग्रे सवारी साधन कार्यालय प्रयोजनका लागि भाडामा लिने निर्णय गरेको छ । सो बैठकले मौरी पकेट क्षेत्रका लागि वडा नं. ९ हिले टक्सार र लघु उद्यम विकास कार्यक्रमको लागि वडा नं। ८ बन्सारलाई छनौट गर्ने निर्णय गरेको छ ।

त्यस्तै, गाउँपालिकाभित्र सञ्चालित विभिन्न सहकारीहरु पालिकामा दर्ता गराउने, गाउँपालिकामा मालि राख्ने, दिर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्ने, जग्गा वर्गीकरण गर्ने, पालिकाले प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापन गर्ने लगायत १८ वटा निर्णयहरू गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्शेर गुरुङले बताए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ५ : १३ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी