युक्रेनको हमलामा ६३ सैनिकको ज्यान गयो : रुस « Khabarhub

युक्रेनको हमलामा ६३ सैनिकको ज्यान गयो : रुस


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मस्को- पूर्वी युक्रेनमा युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको हिमार्स प्रणाली प्रयोग गरी एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रुसी सेनाको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार घोषणा गरेको छ।

युक्रेनले घातक हमलाको जिम्मेवारी लिएको र दोनेट्स्कको पूर्वी क्षेत्रको मस्को–नियन्त्रित भागको माकिभका सहरमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या यकिन रुसले उल्लेख गरेभन्दा बढी भएको जनाएको छ।

‘डिसेम्बर ३१ मा दोनेट्स्कको पूर्वी क्षेत्रको माकिभ्का शहरमा दुस्मनका विभिन्न प्रकारका सैन्य उपकरणहरूको १०इकाइहरू नष्ट र क्षतिग्रस्त भएको थियो’, युक्रेनको सशस्त्र सेनाका जनरल स्टाफले एक विज्ञप्तिमा भने।

युक्रेनी रक्षा मन्त्रालयको विज्ञप्तिमा अगाडि भनिएको छ , ‘अस्थायी तैनाथी बिन्दुमा उच्च–विस्फोटक वारहेडका साथ चारवटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ रुसी सैनिकको मृत्यु भयो।’

पछिल्लो हमलाले रुसलाई ठूलो क्षति भएको अनुमान गरिएको छ।

 

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ८ : ३४ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको