‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हो’ « Khabarhub

‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हो’


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै गठबन्धन ब्यूताएपछि नेकपा एमालेका नेता गोकुल बास्कोटाले आक्रोश पोखेका छन्।

शुक्रबार बेलुकी राष्ट्रपतिको निर्वाचनमा ८ दल एक ठाउँमा उभिने निर्णय गरे पछि वर्तमान सत्ता गठबन्धन भत्किएको बताइएको छ। सोही निर्णयपछि नेता बास्कोटाले माओवादी केन्द्रप्रति लक्षित गर्दै उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै भएको तर्क गरेका छन्।

ट्वीटमार्फत व्यंग्य गर्दै उनले छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भए प्रचण्डले जित्ने दाबी गरेका छन्। माओवादीसँगको सहकार्यमा उत्साह र आशा दुवै नभएको भन्दै बास्कोटाले एमाले निराश हुनुपर्ने कारण नभएको बताएका छन्।

‘उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ। उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ। अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो। एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ। उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।’ उनले लेखेका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : ४३ बजे

आजको कार्टुन : रोलक्रमबाट खसेकी श्रीमान् !

काठमाडौं- संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै

अनि एकल लिडमा आँट गरेकी आँचल…

काठमाडौं- नायिका आँचल शर्मा अहिलेका सबैभन्दा बढी फिल्म दिने नायक

सरकारको नीतिमा आचार्यको टिप्पणी: ‘बीआरटीले ट्राफिक समस्या झन् जटिल बनाउन सक्छ’

काठमाडौँ – पूर्वाधारविद् सूर्यराज आचार्यले सरकारको नीति तथा कार्यक्रममा समेटिएका

बेलायती प्रधानमन्त्री स्टाररमाथि राजीनामाको दबाब

लन्डन – बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि राजीनामा दिन दबाब बढेको

आईपीएल: रोमाञ्चक भिडन्तमा पञ्जाब पराजित, दिल्ली ३ विकेटले विजयी

नयाँ दिल्ली – माधव तिवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले दिल्ली