बागलुङको काठेखोलामा खानेपानी अभाव « Khabarhub

बागलुङको काठेखोलामा खानेपानी अभाव


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गलकोट – बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ । धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानी अभाव कायमै छ ।

भौगोलिक हिसाबले धम्जाकै शिरमा रहेको देउरालीमा खानेपानीका मूल बस्तीभन्दा तल भएका कारण यहाँका २० घरमा वर्षौँदेखि खानेपानीको पहुँच छैन । धम्जा देउरालीका बासिन्दालाई खानेपानीको सुविधा दिन सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेर देउराली खर्कको चौरमुनिको मूलबाट खानेपानी ल्याइए पनि उक्त आयोजना एक महिनासमेत टिक्न सकेन ।

प्राविधिक त्रुटिका कारण सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालनको एक महिनामै बिग्रिएपछि पुनः खानेपानीको अभाव भएको स्थानीय प्रेमश्वरी श्रेष्ठले बताइन्। “सोलार लिफ्ट आयोजना सञ्चालनको एक महिनामै बिग्रियो” उनले भनिन् । रु १४ लाखको लागतमा योजना सम्पन्न भएको हो । देउरालीका सबै घरमा खानेपानीका धारा छन्, तर पानी उपलब्ध छैन ।

काठेखोला गाउँपालिकाले दुई वर्षअघि देउरालीमा खानेपानीको अभाव टार्न सोलार लिफ्ट खानेपानी आयोजना निर्माण गरेको हो । योजना सञ्चालनमा आउन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष यमबहादुर रोकाले बताए । लिफ्ट आयोजना मर्मत गर्न पहल भइरहेको उनको भनाइ छ । अहिले देउरालीमा असौजे र कालठुटेको मूलबाट आएको पानी दुईवटा ट्याङ्कीमा जम्मा गरेर घर–घरमा वितरण भइरहेको छ । बर्खामा खानेपानी पुग्ने भए पनि हिउँदयाममा अभाव नै हुन्छ ।

देउरालीमा खानेपानी ल्याउनका लागि बस्तीमुनिको देउरालीखोला मुहानको पानी सोलार लिफ्ट योजनामार्फत झन्डै तीन सय मिटरमाथि तानेर घर–घरमा पुर्‍याइएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ९ : ५५ बजे

एलजीको टी-२० विश्वकप यात्रा : दोस्रो चरणको विजेता घोषणा

काठमाडौं– एलजी नेपालले वानखेड़े स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न

ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरे : जनवरी २०२६ देखि पद सम्हाल्ने !

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति (एक्टिङ

एलन मस्कको ग्रोकमाथि मलेसिया-इन्डोनेसियाको प्रतिबन्ध

एजेन्सी– मलेसिया र इन्डोनेसिया एलन मस्कको एक्सएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स

काठमाडौंमा दुईदिने थारू राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौं– थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा