दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक सम्पन्न, गृहमन्त्रीको राजीनामा माग गर्दै मिटरब्याज पीडित आन्दोलित, अर्थमन्त्री डा महत र भारतका समकक्षीबीच भेटवार्ता लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदैलगायतका समाचारले प्रमुख स्थान पाए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक सम्पन्न
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठक सकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठक नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको हो । दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राखेका थिए।

गृहमन्त्रीको राजीनामा माग गर्दै मिटरब्याज पीडित आन्दोलित

मिटरब्याज पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।

मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो।

फोहोरका गाडीबाट शुल्क नलिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौंबाट फोहोर बोकेर गएका गाडीसँग प्रवेश शुल्क लिने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। गाउँपालिकाले आफ्नो आर्थिक ऐनमार्फत साउन १ गतदेखि फोहोर बोक्ने ठूला गाडीसँग १५ सय र सानासँग एक हजार लिने निर्णय गरेको थियो।

यस्तो छ गगन थापाले राखेको प्रस्ताव (पूर्णपाठ)

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा महामन्त्री गगनकुमार थापाले सांगठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

अर्थमन्त्री डा महत र भारतका समकक्षीबीच भेटवार्ता

भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।

कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन

नेपाली कांग्रेसका केही नेता सम्मिलित रूपान्तरण अभियानले पार्टी रूपान्तरणका लागि विभिन्न सुझावसहितको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि आज अभियानमा रहेका नेताहरूले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत नेतृत्वलाई प्रतिवेदन बुझाएको अभियानका युवा नेता रञ्जित कर्णले जानकारी दिए।

‘एमाले-माओवादीको गठबन्धन भत्काउन राष्ट्रपति पद नै त्याग्न तयार थियौँ’
नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तत्कालीन समयमा एमाले–माओवादीको गठबन्धन भत्काउन राष्ट्रपति पद नै त्याग्न तयारी अवस्थामा पुगको बताएका छन्।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै रक्षामन्त्रीसमेत रहेका खड्काले उक्त कुराको खुलासा गरेका हुन्।

बिहीबारका लागी राष्ट्रिय सभा बैठक आह्वान
अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ।

गत ३१ असारमा बोलाइएको बैठक सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

ललिता निवास प्रकरण : बुधबार पनि सुनुवाइ हुने
ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि पनि सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो ।

लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदै

निर्वाचन आयोगले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखापरीक्षण गराई एक महिनाभित्र सो प्रतिवेदन आयोगमा पेस नगर्ने राजनीतिक दललाई जरिवानको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ ।

नेपाल र चीनका अर्थमन्त्रीबीच भेटवार्ता
भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ ।

भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा सोमबार अर्थमन्त्री महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

सेयर बजारमा ९.९१ अंकको वृद्धि

साउन लागेसँगै सेयर बजारको गति क्रमशः सकारात्मक बनेको छ ।

मंगलबार नेप्से सूचकमा ९।९१ अंकको वृद्धि भएर २१५४.०७ विन्दुमा आइपुगेको छ । यता, कारोबार रकममा भने उत्साह देखिएको छ । यस दिन ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ९ : ०० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको