नाइजेरियामा मस्जिद भत्किँदा १० जनाको मृत्यु « Khabarhub

नाइजेरियामा मस्जिद भत्किँदा १० जनाको मृत्यु


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरी नाइजेरियाको कादुना राज्यमा शुक्रबार एक प्राचीन मस्जिद अचानक भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।

प्रहरी प्रवक्ता मोहम्मद जलिगेले दिएको जानकारीअनुसार जारिया शहरमा शुक्रबार साँझको प्रार्थनाका क्रममा मस्जिद आंशिक रुपमा भत्किएको थियो ।

प्रवक्ता जलिगेले भने, “मस्जिदको भग्नावशेषबाट १० जनाको शव निकालिएको छ भने २५ जना घाइतेको उद्धार गरिएको छ । घाइतेमध्ये सात जना गम्भीर घाइते भएका छन् ।” उहाँले भन्नुभयो, “उद्धार कार्य समाप्त भएको छ र घटनाको पूर्ण अनुसन्धान सुरु भएको छ ।”

जारियाका अमिर अहमद बामालीले स्थानीय सञ्चारमाध्यमसँग भने, “हामीले एक दिन अघि मस्जिदको भित्तामा चर्केको देखेका थियौँ र यो दुर्भाग्यपूर्ण घटना हुँदा मर्मतका लागि सिभिल इञ्जिनियरको टोली खटाउने योजना बनाइरहेका थियौं ।”

सन् १८३० को दशकमा निर्माण गरिएको उक्त मस्जिदले दशकौँदेखि विश्वका सबै भागका मुस्लिम धर्मावलम्बीका लागि ढोका खोलेको कादुना राज्यका गभर्नर उबा सानीले बताए ।

नाइजेरियामा भवन भत्किने घटनाहरू असामान्य छैनन् । स्थानीय विशेषज्ञहरूले भवनहरू भत्किनुलाई अति पूराना संरचना, भवन योजना तथा नियमहरूको गैर–अनुपालन र निर्माणको समयमा गुणस्तरहीन सामग्रीहरूको प्रयोगको लागि दोष दिन्छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ९ : ०६ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको