जोनसनद्वारा बेलायती प्रधानमन्त्रीको पदभार ग्रहण « Khabarhub

जोनसनद्वारा बेलायती प्रधानमन्त्रीको पदभार ग्रहण


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायती प्रधानमन्त्रीको रुपमा बोरिस जोनसनले औपचारिक रुपमा कार्यभार सम्हालेका छन् ।

बकिंघम दरबारमा पुगी महारानीसँग भेटवार्ता गरेपछि उनले औपचारिक रुपमा बेलायती प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेका हुन् । प्रधानमन्त्रीको रुपमा १० डाउनिङ स्ट्रिटमा आफ्नो पहिलो सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले बेलायतलाई एकीकृत बनाउन र बेलायतलाई युरोपेली युनियन ईयूबाट बाहिर ल्याउन सक्दो प्रयास गरिने जनाएका छन् । उनले बेलायत जसरी भएपनि आगामी ३१ अक्टोबरमा ईयूबाट बाहिरिने दृढता समेत व्यक्त गरेका छन् ।

चाँडै उनले सरकारका मन्त्रीहरुको कार्यभार छुट्याउने जनाइएको छ । यसअघि बुधबार नै टेरिजा मेले महारानीसमक्ष पुगेर प्रधानमन्त्रीको पदबाट औपचारिक रुपमा राजीनामा पत्र बुझाएकी थिइन् ।

जोनसनलाई मंगलबार सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरुले आफ्नो नेता चुनेका थिए । सत्तारुढ पार्टीको नेता प्रधानमन्त्री बन्ने प्रावधान अनुसार जोनसन प्रधानमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ९ : ३४ बजे

पूरा भयो केपी ओलीसँग बालेनको बदला, उनकै क्षेत्रमा पुगेर साढे ४९ हजार मतले हराइदिए

काठमाडौं– बालेन्द्र साह काठमाडौं महानगरपालिकामा हुँदादेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा

पाल्पा–१ मा कडा प्रतिस्पर्धा, १६ हजार ५२१ मतसहित कांग्रेसका राना अग्रस्थानमा

पाल्पा– पाल्पा क्षेत्र नम्बर १ मा जारी मतगणनामा निकै कडा

डाक्टर तोसिमालाई फेरि अवसर

काठमाडौं- प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नम्बर–३ बाट डा. तोसिमा कार्की

जितपछि तोसिमाले भनिन्- अब सुखका दिन आउँछन्

काठमाडौं– ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा

काभ्रे-२ मा रास्वपाका भण्डारी विजयी

धुलिखेल– काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय