जोनसनद्वारा बेलायती प्रधानमन्त्रीको पदभार ग्रहण « Khabarhub

जोनसनद्वारा बेलायती प्रधानमन्त्रीको पदभार ग्रहण


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायती प्रधानमन्त्रीको रुपमा बोरिस जोनसनले औपचारिक रुपमा कार्यभार सम्हालेका छन् ।

बकिंघम दरबारमा पुगी महारानीसँग भेटवार्ता गरेपछि उनले औपचारिक रुपमा बेलायती प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेका हुन् । प्रधानमन्त्रीको रुपमा १० डाउनिङ स्ट्रिटमा आफ्नो पहिलो सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले बेलायतलाई एकीकृत बनाउन र बेलायतलाई युरोपेली युनियन ईयूबाट बाहिर ल्याउन सक्दो प्रयास गरिने जनाएका छन् । उनले बेलायत जसरी भएपनि आगामी ३१ अक्टोबरमा ईयूबाट बाहिरिने दृढता समेत व्यक्त गरेका छन् ।

चाँडै उनले सरकारका मन्त्रीहरुको कार्यभार छुट्याउने जनाइएको छ । यसअघि बुधबार नै टेरिजा मेले महारानीसमक्ष पुगेर प्रधानमन्त्रीको पदबाट औपचारिक रुपमा राजीनामा पत्र बुझाएकी थिइन् ।

जोनसनलाई मंगलबार सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरुले आफ्नो नेता चुनेका थिए । सत्तारुढ पार्टीको नेता प्रधानमन्त्री बन्ने प्रावधान अनुसार जोनसन प्रधानमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ९ : ३४ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक