भूकम्प प्रभावितलाई सहयोग गर्न महासङ्घको अपिल « Khabarhub

भूकम्प प्रभावितलाई सहयोग गर्न महासङ्घको अपिल


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घले भूकम्प प्रभावितका लागि राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।

महासङ्घले प्रभावित जनतालाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीलगायत अत्यावश्यक सामग्री सहयोग गर्न सबै सदस्य सङ्घसंस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीमा अपिल गरेको हो ।

गएराति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण त्यस क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति महासङ्घले दुःख व्यक्त गरेको छ । महासङ्घले भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

महासङ्घले सबै सदस्य उद्योग वाणिज्य सङ्घहरू, उद्यमी व्यवसायी र व्यावसायिक सङ्घसंस्थालाई उद्धार र राहतमा सहयोग गर्न आह्वान गरेको छ ।

भूकम्प प्रभावित जनताको सहयोगका लागि महासङ्घले आफ्नातर्फबाट पहल गरिसकेको छ भने राहत र उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसमक्ष अनुरोध गरेको छ ।

सहयोग गर्न चाहनेहरूका लागि महासङ्घको स्वास्थ्य तथा विपत् व्यवस्थापन समितिका सभापतिको नेतृत्वमा एक समितिसमेत गठन गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ४ : ४७ बजे

बाढीपीडितलाई नगद सहायता उपलब्ध गराउनेबारे छलफल

रसुवा-भोटेकोशी, बुढीगण्डकी बाढीलगायतका विपद्‌बाट प्रभावित घरपरिवार एवं व्यक्तिहरुलाई नगद सहायता

वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयलाई सरकारको निर्देशन

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति

इरानसँग युद्ध अन्त्य हुने संकेतपछि विश्व बजारमा तेलको मूल्य घट्यो

लन्डन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न चाहेको समाचार

तीन वर्षमा १० फिल्म असफल, यो वर्ष दुई फिल्मबाट दयाहाङको कमब्याक

काठमाडौं– केही समयअघिसम्म अभिनेता दयाहाङ राईको स्टारडममाथि प्रश्न उठ्न थालेको