स्वतन्त्र युवा प्रजातान्त्रीक संघद्वारा प्रेस युनियनलाई ज्याकेट सहयोग  « Khabarhub

स्वतन्त्र युवा प्रजातान्त्रीक संघद्वारा प्रेस युनियनलाई ज्याकेट सहयोग 


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र युवा प्रजातान्त्रीक संघ नेपालले नेपाल प्रेस युनियनलाई न्यानो ज्याकेट उपलब्ध गरेको छ ।

गत कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट प्रभावित दुई जिल्लाका पत्रकारहरूलाई वितरण गर्नका लागी एक सय प्रति ज्याकेट उपलब्ध गरेको हो ।

आइतबार संघको कार्यालयमा एकाध अनौपचारिक कार्यक्रमकाबीच स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालका अध्यक्ष अरविन्द महतोले नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई ज्याकेट हस्तान्तरण गरे ।

नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी महतोले संस्थामार्फत विभिन्न सहयोग तथा सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ ।

देशभरका युवाहरूलाई जोड्दै समाजमा सकारात्मक काम गर्नका लागी स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालले लामो समयदेखि काम गर्दै आएको अध्यक्ष महतोले जानकारी दिए ।

उक्त संस्थाले सबै राजनीतिक दलका सकारात्मक साेच भएका युवाहरू, पत्रकार, व्यवसायी समेतलाई विभिन्न समयमा अवलोकन भ्रमण, सम्बन्धित क्षेत्रमा कार्यरत व्यक्तिहरूको क्षमता विकास, ज्येष्ठ तथा विपन्न नागरिक सहयोग लगायतका कामहरू गर्दै आएको छ ।

यस पटक नेपाल प्रेस युनियन मार्फत रुकुम पूर्व र जाजरकोटका भूकम्प प्रभावित पत्रकारहरूका लागी आवश्यक न्यानो ज्याकेट उपलब्ध गराएको प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बताए।

उक्त ज्याकेटसहित केही राहत सामग्रीहरू पुसको पहिलो हप्ता जाजरकोट र रुकुम पठाउने तयारी भइरहेको नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जीवन शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १२ : ०८ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा