जङ्गली च्याउ खाँदा एक महिलाको ज्यान गयो | Khabarhub Khabarhub

जङ्गली च्याउ खाँदा एक महिलाको ज्यान गयो


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा जङ्गली च्याउ खाँदा एक महिलाको ज्यान गएको छ ।

जंगली च्याउ खाँदा गजेन्द्र चेम्जोङको श्रीमती वर्ष ४७ की सुनिता चेम्जोङको ज्यान गएको प्रहरीले जनाएको छ । च्याउ खाँदा बिरामी भएकी उनकी सासू ७० वर्षीय सञ्चमाया चेम्जोङको विर्तामोड स्थित मनमोहन हस्पिटलमा उपचार भइरहेको छ ।

च्याउ खाएको दुई दिन पछि वाकवाकी भएको र साउन नौ गते स्थानीय फाक्तेप स्वास्थ चौकी घुर्बिसे पञ्चमीमा उपचारको लगिएको थियो।

प्राथमिक उपचार गरि मनमोहन हस्पिटल विर्तामोड रेफर गरिको थियो। त्यहाँ सुनिताको उपचार हुन नसके पछि विपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान पठाइएका थियो।

धरानमा आइसीयु कक्ष खाली नभएकोले विराट नर्सिङहोम विराटनगरमा उपचार गर्दै गर्दा सुनिताको साउन १४ गते बिहान ८ बजे ज्यान गएको फाक्तेप प्रहरी चौकी फाल्गुनन्द–५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक पेलेङ्गसिं धिमालले जानकारी दिए।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : ५६ बजे

विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित

काठमाडौं – विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको