निर्माणाधीन संघीय संसद् भवनको अनुगमन  « Khabarhub

निर्माणाधीन संघीय संसद् भवनको अनुगमन 


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबारस्थित निर्माणाधीन संघीयसंसद् भवन समयमा सम्पन्न नहुने देखिएको छ । 

निर्माणाधीन भवनको आन्तरिक सजावटका कामका साथै अन्य कामहरूको निर्माण नसकिएकाले आयोजनाले तोकेको चैत्र १२ गतेभित्र सम्पन्न नहुने देखिएको हो । बिहीबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संरचनाको काम सम्पन्न भएपनि प्रतिनिधिसभा र राष्ट्रियसभाको भवनमा छाना हाल्ने काम भइरहेको जानकारी दिए । 

त्यस्तै भवनको भित्री भागको सजावट लगायतका काम तत्काल सुरु गर्ने तयारीमा रहेको उनले बताए। उनले असार मसान्तसम्म भवनको भित्री भागको काम सम्पन्न गर्न समय दिएकाले आयोजनाले भनेजस्तो चैत्र १२ गतेभित्र निर्माण सम्पन्न हुने नदेखिएको उल्लेख गरे । निर्माणाधीन संघीय संसद् भवनको हालसम्म भौतिक प्रगति ७७ प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत भएको उनले बताए । 

अनुगमन पछि समिति सभापति प्रकाश पन्थले चैत्र १२ सम्म सम्पन्न गर्ने आयोजनाको डेडलाइन अनुसार सम्पन्न हुने नदेखिएको बताए । उनले संसद भवन निर्माणको काममा बिभिन्न कारणले ढिलाई देखिएकाले समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराउने बताए । उनले बजेट अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरि काम गर्न पनि निर्देशन दिने जानकारी दिए। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ । 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  २ : ५० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन