निर्माणाधीन संघीय संसद् भवनको अनुगमन  | Khabarhub Khabarhub

निर्माणाधीन संघीय संसद् भवनको अनुगमन 


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबारस्थित निर्माणाधीन संघीयसंसद् भवन समयमा सम्पन्न नहुने देखिएको छ । 

निर्माणाधीन भवनको आन्तरिक सजावटका कामका साथै अन्य कामहरूको निर्माण नसकिएकाले आयोजनाले तोकेको चैत्र १२ गतेभित्र सम्पन्न नहुने देखिएको हो । बिहीबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संरचनाको काम सम्पन्न भएपनि प्रतिनिधिसभा र राष्ट्रियसभाको भवनमा छाना हाल्ने काम भइरहेको जानकारी दिए । 

त्यस्तै भवनको भित्री भागको सजावट लगायतका काम तत्काल सुरु गर्ने तयारीमा रहेको उनले बताए। उनले असार मसान्तसम्म भवनको भित्री भागको काम सम्पन्न गर्न समय दिएकाले आयोजनाले भनेजस्तो चैत्र १२ गतेभित्र निर्माण सम्पन्न हुने नदेखिएको उल्लेख गरे । निर्माणाधीन संघीय संसद् भवनको हालसम्म भौतिक प्रगति ७७ प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत भएको उनले बताए । 

अनुगमन पछि समिति सभापति प्रकाश पन्थले चैत्र १२ सम्म सम्पन्न गर्ने आयोजनाको डेडलाइन अनुसार सम्पन्न हुने नदेखिएको बताए । उनले संसद भवन निर्माणको काममा बिभिन्न कारणले ढिलाई देखिएकाले समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराउने बताए । उनले बजेट अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरि काम गर्न पनि निर्देशन दिने जानकारी दिए। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ । 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  २ : ५० बजे

‘सरकारले विचौलिया तत्वको स्वार्थमा काम गर्दा जनता निराश’ 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले गठन

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको