सवारी दुर्घटनामा एक महिलाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एक महिलाको मृत्यु


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ । 

छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नंको ट्र्याक्टर आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको घटनास्थलमा मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले ट्र्याक्टर चालक र मोटरसाइकल चालकलाई  नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : ०४ बजे

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार