१३ हजार फिटको उचाइमा ‘योद्धा’ को पोस्टर सार्वजनिक « Khabarhub

१३ हजार फिटको उचाइमा ‘योद्धा’ को पोस्टर सार्वजनिक


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ मल्होत्राको आगामी फिल्म ‘ योधा’का निर्माताले १३ हजार फिटको उचाइमा फिल्मको पोस्टर सार्वजनिक गरेका छन् । 

निर्माताले सामाजिक सञ्जालमा टिजर सेयर गरेर यो जानकारी दिएका हुन् । यसमा प्रोफेसनल स्काई डाइभर्स दुबईको पाम आइल्याण्डमा फिल्मको पोस्टर सार्वजनिक गरेका हुन ।

भारतीय सञ्चारमाध्यमका अनुसार १३ हजार फिटको उचाइमा बलिउड फिल्मको पोस्टर सार्वजनिक भएको यो पहिलो पटक हो । अब निर्माण पक्षले फिल्मको टिजर फेब्रुअरी १९ मा रिलिज गर्ने भएको छ ।

फिल्म ‘योधा’ मा सिद्धार्थ मल्होत्रा, दिशा पटानी र राशि खन्ना पहिलो पटकसँगै देखिने भएका छन् । यो करण जोहरले निर्माण गरेको एक्सन फिल्म हो । यसलाई सागर अम्बरे र पुष्कर ओझाले निर्देशन गरेका हुन् । यसअघि यो फिल्म गत वर्ष जुलाई ७ मा रिलिज हुने तय भएको थियो । त्यसपछि निर्माण पक्षले डिसेम्बर ८ मा रिलिज गर्ने योजना बनाएको थियो तर पनि रिलिज हुन सकिरहेको थिएन । अब अन्ततः यो वर्ष मार्च १५ मा रिलिज हुने पक्का भएको छ ।

फिल्मको कथा अपहरण भएको विमानबाट यात्रुलाई उद्धार गर्ने कमाण्डोको कथा हो । यसमा सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा देखिनेछन् । यसमा दिशा र राशीलाई पनि एक्सन गरेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : १५ बजे

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा

भीरबाट लडेर एक वृद्धाको मृत्यु

बैतडी– स्याउला काट्न गएकी बैतडीकी एक वृद्धाको भिरबाट लडेर मृत्यु