१३ हजार फिटको उचाइमा ‘योद्धा’ को पोस्टर सार्वजनिक « Khabarhub

१३ हजार फिटको उचाइमा ‘योद्धा’ को पोस्टर सार्वजनिक


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ मल्होत्राको आगामी फिल्म ‘ योधा’का निर्माताले १३ हजार फिटको उचाइमा फिल्मको पोस्टर सार्वजनिक गरेका छन् । 

निर्माताले सामाजिक सञ्जालमा टिजर सेयर गरेर यो जानकारी दिएका हुन् । यसमा प्रोफेसनल स्काई डाइभर्स दुबईको पाम आइल्याण्डमा फिल्मको पोस्टर सार्वजनिक गरेका हुन ।

भारतीय सञ्चारमाध्यमका अनुसार १३ हजार फिटको उचाइमा बलिउड फिल्मको पोस्टर सार्वजनिक भएको यो पहिलो पटक हो । अब निर्माण पक्षले फिल्मको टिजर फेब्रुअरी १९ मा रिलिज गर्ने भएको छ ।

फिल्म ‘योधा’ मा सिद्धार्थ मल्होत्रा, दिशा पटानी र राशि खन्ना पहिलो पटकसँगै देखिने भएका छन् । यो करण जोहरले निर्माण गरेको एक्सन फिल्म हो । यसलाई सागर अम्बरे र पुष्कर ओझाले निर्देशन गरेका हुन् । यसअघि यो फिल्म गत वर्ष जुलाई ७ मा रिलिज हुने तय भएको थियो । त्यसपछि निर्माण पक्षले डिसेम्बर ८ मा रिलिज गर्ने योजना बनाएको थियो तर पनि रिलिज हुन सकिरहेको थिएन । अब अन्ततः यो वर्ष मार्च १५ मा रिलिज हुने पक्का भएको छ ।

फिल्मको कथा अपहरण भएको विमानबाट यात्रुलाई उद्धार गर्ने कमाण्डोको कथा हो । यसमा सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा देखिनेछन् । यसमा दिशा र राशीलाई पनि एक्सन गरेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : १५ बजे

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन