आजका समाचार : राष्ट्रियसभा बैठकदेखि गठबन्धनका पाँच दलबीच सहमतिसम्म | Khabarhub Khabarhub

आजका समाचार : राष्ट्रियसभा बैठकदेखि गठबन्धनका पाँच दलबीच सहमतिसम्म


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित, सत्ता गठबन्धनका पाँच दलबीच ७ बुँदे सहमति, ‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल अध्ययन गर्न उपसमिति गठन, प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ओलीको निर्देशन, डेलिभरी दिन सत्ता साझेदार दल परिवर्तन: गृहमन्त्री, पिएनजीलाई हराउँदै नेपाल त्रिकोणात्मक टि(२० सिरिजको फाइनलमालगायत रहनेछन् ।

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित
राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट दाहाल निर्वाचित भएका हुन्।


राष्ट्रियसभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए। नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो।

उनको विपक्षमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादीसहितका दलको १७ मत खसेको थियो ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य दाहाल २०७८ सालमा राष्ट्रपतिबाट मनोनित कोटाबाट राष्ट्रिय सभामा प्रवेश गरेका हुन्।

राष्ट्रियसभालाई गरिमामय बनाउन प्रयासरत रहनेछु : नवनिर्वाचित अध्यक्ष दाहाल

राष्ट्रिय सभा अध्यक्ष दाहालले लिए शपथ

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे सहिद स्मारकमा माल्यार्पण

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालद्वारा पदभार ग्रहण

राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

शर्मा पुरानो मान्छे हो राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् :ढुङ्गाना

नारायण दाहाल राष्ट्रियसभाको गरिमा उच्च बनाउने मान्छे हो : देवेन्द्र दाहाल

सत्ता गठबन्धनका पाँच दलबीच ७ बुँदे सहमति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पाँच दलीय गठबन्धनबीच ७ बुँदे सहमति भएको छ ।

आज नयाँबानेश्वरमा बसेको नेकपा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, जनता समाजवादी पार्टी ९जसपा० र नेकपा (एकीकृत समाजवादी)को बैठकमा ७ बुँदे सहमति भएको हो ।


५ दलबीच राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूबीच सहकार्य गरी वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने सहमति भएको छ ।

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री

गठबन्धनले माधव नेपाललाई पनि समेटेर संयुक्त वक्तव्य निकाल्ने

‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल अध्ययन गर्न उपसमिति गठन

प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ओलीको निर्देशन

प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न नाउपाको ह्वीप

डेलिभरी दिन सत्ता साझेदार दल परिवर्तन : गृहमन्त्री लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद सुरक्षित हुँदाहुँदै पनि ‘डेलिभरी’ दिनका लागि सत्ता साझेदार दल परिवर्तन गरेको बताएका छन्।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक)को बैठक तथा अर्धवार्षिक समीक्षाका क्रममा मंगलबार उनले यस्तो बताए ।
उनले भने, ‘पद सुरक्षित हुँदा-हुँदै पनि प्रधानमन्त्रीले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण डेलिभरी दिनका लागि हो ।’

कांग्रेसले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने

लोकतन्त्रको विशेषतालाई अगाडि बढाउनुपर्छ: शेखर कोइराला

अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँ : डा महत

विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन राजदूत गोडेरसंग आग्रह
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषय र सहयोग विस्तार सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।

उपप्रधानमन्त्री श्रेष्ठसँग स्वीस राजदूत मेउलीको भेट

एडिबीका कन्ट्री डाइरेक्टर कोशवाले भेटे अर्थमन्त्री पुनलाई

जनमतले इलाम र बझाङमा उम्मेदवारी दिने

इलाम-२ उपनिर्वाचन :उम्मेदवार छान्दै दल

पिएनजीलाई हराउँदै नेपाल त्रिकोणात्मक टि-२० सिरिजको फाइनलमा
नेपालले पिएनजीमाथि ८६ रनको जित निकालेको छ। हङकङको मोङ कोक मैदानमा नेपालले दिएको १९९ रनको लक्ष्य भेट्न नसक्दा पिएनजी १६ ओभरमा सबै विकेट गुमाउँदै ८६ रनले पराजित भएको हो। यो जितसँगै नेपाल त्रिकोणात्मक टि(२० सिरिजको फाइनल प्रवेश गरेको छ ।

सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन्। आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका थिए। जितसँगै तीन अंक बनाउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनाएको थियो। १९९ रनको लक्ष्य पछ्याएको पिएनजीलाई नेपालले १६ ओभर १ बलमा ११३ रनमै समेटेको हो।

हइटीका प्रधानमन्त्री हेनरीले राजीनामा दिँदै
हइटीका प्रधानमन्त्री एरियल हेनरीले सङ्क्रमणकालीन राष्ट्रपति परिषद् गठन भएपछि आफूले राजीनामा दिने घोषणा गरेका छन्।

‘मैले नेतृत्व गरिरहेको सरकारले (सङ्क्रमण) परिषद्को स्थापनापछि तुरुन्तै राजीनामा दिनेछ । म सबै हइटीबासीलाई शान्ति र स्थायित्वका लागि संयमित रहन आग्रह गर्दछु’ हेनरीले भिडियो सम्बोधनमा भनेका छन् ।


क्यारेबियन समुदायका क्षेत्रीय नेताहरूले सोमबार जमैकामा राजनीतिक सङ्क्रमणको व्यवस्थापन ढाँचामा छलफल गर्न र स्थानीय बासिन्दाहरूलाई तत्काल मानवीय सहायता प्रदान गर्नका लागि आपतकालीन शिखर सम्मेलन आयोजना गरेका छन् ।

हिजबुल्लाह लडाकुद्वारा उत्तरी इजरायलतर्फ १०० वटा रकेट प्रहार

पाकिस्तानमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते

अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई ७०० अर्ब अमेरिकी डलर घाटा

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : ०७ बजे

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती

टीकापुर नगरपालिकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइँदै

कैलाली-  कैलालीकाे टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको