आजका समाचार : सुरुङमार्गको ‘ब्रेक थ्रू’देखि क्रिकेटमा नेपालको जितसम्म | Khabarhub Khabarhub

आजका समाचार : सुरुङमार्गको ‘ब्रेक थ्रू’देखि क्रिकेटमा नेपालको जितसम्म


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’
सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रू भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रू गरेका हुन् ।

सुरुङको ब्रेक थ्रुका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालका साथै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ लगायतको उपस्थिति थियो ।

काठमाडौंको चन्द्रागिरि, बलम्बूबाट धादिङको सिस्नेखोला निस्कने यो सुरुङमार्गको लम्बाइ २ हजार ६६७ मिटर छ । आयोजनाको आपतकालीन सुरुङ गत साउनमै बनिसकेको थियो ।

नागढुङ्गा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुनेछ : प्रधानमन्त्री

नागढुंगा सुरुङ : सर्वेक्षण शुरु भएको १३ वर्षमा ‘ब्रेक थ्रु’

विश्वविद्यालय सुधार्न मेरिटोक्रेसीको विकल्प छैन : प्रधानमन्त्री

कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

विश्वद्वीपले छाडे नेसपा, माओवादीमै फर्किए

विश्वविद्यालय र शिक्षा क्षेत्रमा गम्भीरताका साथ लाग्छु : प्रधानमन्त्री

कार्यवाहक अर्थमन्त्रीको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको घटनाक्रमलाई उदृत गर्दै एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको आरोप लगाएका हुन् ।


अध्यक्ष ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको समेत आरोप लगाएका छन् । ओलीले एकीकृत समाजवादीले आन्तरिक रुपमा बार्गेनिङ गरिरहेको बताउँदै आइतबार बाहिर नै प्रकट गरेको टिप्पणी गरे ।

राष्ट्रिय शक्तिबीच एकता आवश्यक : ओली

‘स्थानीय र प्रदेश सरकारलाई सबल र सुदृढ बनाउन आवश्यक’

एमाले हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिक सुरु

एमाले चन्द्रपुरको अध्यक्षमा शिव आचार्य विजयी

राष्ट्रपति पौडेल तनहुँमा
राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न कार्यक्रममा सहभागी हुन आज तनहुँ आइपुगेका छन् । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन र व्यास नगरपालिका–११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आएका हुन् ।

राष्ट्रपति पौडेल पहिला तनहुँसुरस्थित मन्दिर उद्घाटन कार्यक्रममा सहभागी हुने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए। खड्ककालिका मन्दिर उद्घाटनपश्चात् पौडेल म्याग्देको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सहभागी हुने गौतमले बताए।

झन्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधक : राष्ट्रपति

विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत : राष्ट्रपति

फरक ढंगले शिक्षा प्रदान गर्नुपर्ने सांसदहरुको सुझाव
सांसदहरुले फरक ढंगले शिक्षा प्रदान गर्ने र दश जनशक्ति उत्पादन गर्न सक्नेलाई मात्रै विश्वविद्यालयको सम्बन्धन दिनुपर्ने सुझाव दिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले विश्वविद्यालयको संख्या बढाएरमात्रै केही नहुने भन्दै फरक ढङ्गको शिक्षा प्रदान गर्न सक्नेलाई मात्रै सम्बन्धन दिनुपर्ने सुझाव दिएका हुन् ।


सांसद प्रदीप पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक औचित्य पुष्टि हुने गरि नआएको बताए । उनले विधेयकमा नै नयाँ विश्वविद्यालय खोल्नुको औचित्य स्पष्ट हुनुपर्ने धारणा राखे । उनले विश्वविद्यालयको संख्यामात्रै बढाउने हो भने छाता ऐन ल्याएर व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

‘नियमावली संशोधन हुँदा अधिकांश न्यायाधीश चिन्तामा’

आयोगले सिफारिस गरेका ४३ जनालाई कारवाही गर्न अख्तियारलाई पत्र

निगमले बुझायो किस्तावापतको ५३ करोड

गौशाला-२६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन उच्च अदालतको आदेश

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक
पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार नौ सय ३९ र अन्य मुलुकका ८४ हजार सात सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् ।

सगरमाथा आधार शिविरमा पर्यटकसँग अन्तरक्रिया

बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो

काठमाडौँको वायु अझै अस्वस्थ

विपद्जन्य घटनामा ४९३ जनाको मृत्यु

अछाममा आगलागीबाट दुई बालबालिकाको मृत्यु

डढेलो व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न

खेलकुद…

हङकङलाई हराउँदै नेपालको लगातार तेस्रो जित
नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा हङकङलाई ८ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।

हङकङले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १२.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।


नेपालका लागि आसिफ सेखले सर्वाधिक ४० रन बनाएका थिए भने कुशल भुर्तेलले ३२, कप्तान रोहित पौडेलले अविजित २५ र सन्दीप जोराले अविजित १९ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ ।

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

एसीसी प्रिमियर कप- कतारसंग मलेसिया पराजित

इजराइलले गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासको आरोप
इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले आज बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ । यसबाट यस क्षेत्रमा द्वन्द्वको आशंका बढेको छ ।

इरानले शनिबार राति इजराइलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल आक्रमण गरेपछि विश्व शक्तिहरूले संयमता अपनाउन आग्रह गरेका छन् । यद्यपि इजराइली सेनाले इरानको अधिकांश आक्रमणलाई विफल पारेको बताएको छ ।

ओमानमा डुबानका कारण १२ जनाको मृत्यु

चीनको अर्थतन्त्र संकटमा

चिनियाँ अदालतद्वारा सम्बन्धविच्छेद मुद्दामा बाल संरक्षणलाई जोड

जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने

दक्षिण कोरियाको आइसीटी निर्यातमा वृद्धि

म्यान्मामा रकेट आक्रमण, चार जनाको मृत्यु

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ८ : ०० बजे

वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति

धरान– वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै १७ करोड ११

महिलाका मुद्दामा साझा अभियान चलाइने

काठमाडौं– महिलाका मुद्दालाई साझा  सवालका रूपमा उठान गर्ने उद्देश्यले नेपाल

झगडापछि बिरामी परेका एक युवकको मृत्यु

दोलखा – यहाँको बिगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको

यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू

दोलखा– रामेछाप, ओखलढुङ्गा, मन्थली, सोलुखुम्बूलगायतका सवारिसाधन दोलखा हुँदै जाने चापलाई

नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड-आधारित विप्रेषण सेवाका लागि सम्झौता

काठमाडौं– नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो)