‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो | Khabarhub Khabarhub

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका-३ ठेगाना भएका ४१ वर्षीय बल बहादुर लिम्बु र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-१३ ठेगाना भएका २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन् ।

एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ ।

पक्राउ परेकामध्ये ज्यान सम्बन्धी कसुर मुद्दामा बल बहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट अनुरोध भएपश्‍चात् एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी ७ मा रेड नोटिस जारी भएको थियो ।

यसै गरी विद्युतीय कारोबार कसुर सम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका खुल्न आएपछि उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि साइबर ब्युरोबाट अनुरोध भएपश्‍चात् एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ जुलाई १० मा रेड नोटिस जारी भएको थियो ।

बल बहादुरलाई इलाका प्रहरी कार्यालय लेटाङ मोरङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १ : १९ बजे

गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९

उत्पीडित समुदायको अधिकार स्थापित गर्न सदैव लागिपरेका छाैं : प्रचण्ड

धनुषा – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीलगायत

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर – भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

सांसद मन्त्री हुन नपाउने व्यवस्था आवश्यक : लिङ्देन

सुदूरपश्चिम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको

अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

मुगु – हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक तीन दिनपछि आज