अर्थसंक्षेप : ठूलो आकारको बजेट ल्याउने तयारीमा प्रधानमन्त्री देखि शेयर बजार निरन्तर उकालोसम्म « Khabarhub

अर्थसंक्षेप : ठूलो आकारको बजेट ल्याउने तयारीमा प्रधानमन्त्री देखि शेयर बजार निरन्तर उकालोसम्म


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेका छन् । यो हप्ताको चारै दिन शेयर बजारले निरन्तर उकालो यात्रा गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्यका आधारमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको सबैभन्दा धेरै र कर्णाली प्रदेशको सबैभन्दा कम योगदान भएको देखिएको छ । बुधबार सुनको मूल्य १ सय रुपैयाँले घट्यो ।

हेर्नुहोस आजका प्रमुख आर्थिक समाचार ः ठूलो आकारको बजेट ल्याउने चक्करमा प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले वितरणमुखी विनियोजन गर्ने लहड नछाडेपछि आगामी आर्थिक वर्ष ९२०८१र८२० को बजेट निर्धारित सिलिङभन्दा कम्तीमा दुई खर्ब रुपैयाँ नाघ्ने भएको छ ।

दाहालले सस्तो लोकप्रियताका लागि अनेकन वितरणमुखी कार्यक्रम समेटेर ठूलो आकारको बजेट बनाउन यसअघि नै पटक पटक सार्वजनिक मञ्चबाटै अर्थ मन्त्रालयलाई दबाब दिइरहेका थिए ।

चालु आर्थिक वर्षमै लक्षित राजस्व नउठ्दा स्रोत जुटाउन अर्थ मन्त्रालयले कठिनाइ खेपिरहेको छ । आन्तरिक र वैदेशिक ऋण लिएर कर्जाकै साँवा ब्याज भुक्तानीमा खर्च भइरहेको छ ।

२०८० साउनदेखि २०८१ वैशाखसम्म करिब दुई खर्ब ६५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाएको सरकारले करिब दुई खर्ब ३३ अर्ब रुपैयाँ पहिले लिएको ऋणको साँवा ब्याज भुक्तानीमै खर्च गरेको छ ।

क्षमताभन्दा ठूलो आकारको बजेट ल्याउने नेकपा ९माओवादी केन्द्र० का अध्यक्षसमेत रहेका दाहालको लहडले राज्यमाथि थप दीर्घकालीन दायित्व थपिनेछ, सार्वजनिक कर्जा बढेर साँवा ब्याज तिर्नै धौ(धौ हुने अवस्था निम्त्याउनेछ ।

यस्तो अवस्थाबीच प्रधानमन्त्री दाहालकै इच्छा पूरा गरिदिने गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका अधिकारीहरू यतिखेर २२ खर्ब रुपैयाँ हाराहारीकै आय(व्यय विवरण ९बजेट० वक्तव्य मस्यौदा तयार पार्न व्यस्त छन् ।

शेयर बजारमा उछाल कायमै, १५.५४ अंकले बढ्यो नेप्से 

चार दिन यता शेयर बजारको उत्साह निरन्तर कायमै रहेको छ । शेयर बजारको उत्साहले बुधबार पनि निरन्तरता पाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले बढेको छ । बुधबार नेप्से ०।७३ प्रतिशतले बढेर २१३१.४९ बिन्दु कायम भएको छ ।

आज नेप्सेमा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर ७८ हजार ५१ पटक किनबेच भएको छ ।

आज ३१८ वटा कम्पनीको शेयर कारोबार हुँदा ८१ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १६१ वटा कम्पनीको शेयर मूल्य भने घट्यो। ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै, कर्णाली पछाडि

देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा बागमतीको रहने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) ०८०(८१ मा प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांकले देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहेको देखाएको हो ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा बागमती प्रदेशले ३६.४ प्रतिशत योगदान गर्ने देखिएको छ । त्यस्तै, कोशीको १५.८, लुम्बिनीको १४.३, मधेशको १३.१, गण्डकीको ९.१, सुदूरपश्चिमको ७.१ र कर्णाली प्रदेशको ४.३ प्रतिशत योगदान रहने कार्यालयले अनुमान गरेको छ ।

कार्यालयले कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा भने सबैभन्दा अगाडि गण्डकी प्रदेश रहेको उल्लेख गरेको छ । चालु आवको प्रारम्भिक अनुमानअनुसार उपभोक्ता मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा गण्डकीको सबैभन्दा धेरै ४.५५ प्रतिशत रहने कार्यालयले जनाएको छ ।

त्यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा ३।३९ प्रतिशत आर्थिक वृद्धिदर हुने कार्यालयले प्रारम्भिक अनुमान गरेको छ । कोशीको ३.५१, मधेशको ३.७८, बागमतीको ३.९६, लुम्बिनीको ४.०५ र सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने कार्यालयले अनुमान गरेको छ ।

सुनको मूल्य घट्यो

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलामा १ लाख ४० हजार ६०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ९००  रुपैयाँ थियो । त्यसै गरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलामा १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा तीन जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय विशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका(३२ तीनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।

पक्राउमध्ये विशालले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रुपैयाँ, प्रशान्तले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ र सैलेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले विशाललाई काठमाडौं लाजिम्पाटबाट, प्रशान्तलाई काठमाडौं बागबजारबाट र सैलेशलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको  हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ६ : ३५ बजे

ग्याँस र इन्धनमा कृतिम अभाव गराउनेमाथि महानगरको निगरानी

काठमाडौं– खाना पकाउने ग्याँस र सवारी साधनका लागि इन्धनमा कृतिम

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै