सरकार नयाँ बजेटको चटारोमा, पुरानोको यस्तो छ हालत | Khabarhub Khabarhub

सरकार नयाँ बजेटको चटारोमा, पुरानोको यस्तो छ हालत

प्रतिदिन ९ अर्ब २० करोड खर्चन सक्ला ?


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसद्‌का दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दैछन्‌ । मन्त्री पुनले निर्धारित सिलिङभन्दा कम्तिमा एक खर्ब रुपैयाँ बढी हुनेगरी १९ खर्ब रुपैयाँ माथिको बजेट ल्याउन लागेका हुन्‌ ।

सिलिङ नाघ्नेगरी नयाँ बजेट ल्याउन लागे पनि सरकारले पूरानो अर्थात्‌ चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा निकै फितलो प्रगति गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले अनुसार हिजो (जेठ १४) बेलुकीसम्म शुरू बजेटको जम्माजम्मी ६३.७२ प्रतिशत हिस्सामात्रै खर्च गर्न सकेको छ ।

सरकारले २०८० जेठ १५ मा चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । हालसम्म ११ खर्ब १५ अर्ब ९६ करोड ७१ लाख अर्थात्‌ शुरू बजेट आकारको ६३.७२ प्रतिशतमात्र खर्च गर्न सकेको हो ।

शुरूमा १७ खर्ब ५१ अर्ब रुपैयाँ माथिको बजेट ल्याए पनि स्रोत (राजस्व, ऋण र अनुदान) जुटाउन नसकेपछि सरकारले अर्थवार्षिक समीक्षामार्फत घटाउँदै बजेट आकार १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँमा झारिसकेको छ ।

संशोधित बजेटमा सफल हुन दैनिक ९ अर्ब २० करोड खर्चनुपर्ने

बजेट कार्यान्वयन अवधि डेढ महिना बाँकी रहँदा सरकारले शुरू बजेट आकारको ३६.२८ प्रतिशत हिस्सा खर्चनै बाँकी छ । संशोधित बजेट आकारमा हिसाब गर्दा अबको ४५ दिन अर्थात्‌ असार मसान्तसम्म ४ खर्ब १४ अर्ब २९ करोड २९ लाख रुपैयाँ खर्चनुपर्छ ।

सरकारले संशोधित आकारको सबै बजेट खर्चने हो भने अबका ४५ दिनमा हरेक दिन कम्तिमा ९ अर्ब २० करोड ६५ लाख रुपैयाँ खर्च गर्नुपर्छ । तर, पूर्व मनसुन शुरू भइसकेकाले पूर्वाधार विकासका काम अघि बढाउन नसकिने हुँदा संशोधित बजेट खर्चन पनि सरकारलाई हम्मेहम्मे छ ।

पूँजीगततर्फ छुट्याएको ३ खर्ब २ अर्बमध्ये सरकारले हालसम्म करिब १ खर्ब २५ अर्ब रुपैयाँमात्र खर्चन सकेको छ । पूँजीगत तर्फको खर्च शुरू विनियोजनको जम्माजम्मी ४१.४१ प्रतिशतमात्र हो ।

स्रोत व्यवस्थापनमा पनि चुनाैती

शुरू बजेट आकारमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेकाे सरकारले हालसम्म  ६०.३७ प्रतिशत अर्थात्‌ ८ खर्ब ८८ अर्ब रुपैयाँमात्रै प्राप्त गरेको छ ।

यस हिसाबले शुरू बजेट आकारको ४० प्रतिशत स्रोत जुटाउन अब ४५ दिनमात्र बाँकी छ । तर, सरकारले बजेट अनुमान संशोधन गरी घटाएकाले शुरू बजेटकै अनुपातमा स्रोत जुटाउनुपर्ने बाध्यता भने छैन ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  २ : ३६ बजे

जेन-जी आन्दोलनको फोहोर काठमाडौं महानगरले सफा गर्दै 

काठमाडौं– जेन-जी आन्दोलनकोक्रममा निस्किएको फोहोरहरू काठमाडौं महानगरपालिकाले सफा गरेको छ । 

ओलीबाट पीडित भीम रावलको घर पनि बाँकी राखेनन् आन्दोलनकारीले

काठमाडौँ- जेन-जीका नाममा भएको आन्दोलानका क्रममा मंगलबार साँझ नेकपा एमालेका

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

गण्डकी– कास्की जिल्ला प्रशासन कार्यालयले अत्याश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणसँग

आगोबाट जोगिएका सर्वोच्च अदालतका मिसिल सारिँदै

काठमाडौं– जेन जीको आन्दोलनले मंगलबार सर्वोच्च अदालतमा लगाएका थिए । आगोका

पूर्वप्रधानमन्त्री शेरबहादुरमाथि भएको आक्रमणको देउवा सेवा समाजद्वारा भर्त्सना

धनगढी– देउवा सेवा समाजले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर