सरकार नयाँ बजेटको चटारोमा, पुरानोको यस्तो छ हालत « Khabarhub

सरकार नयाँ बजेटको चटारोमा, पुरानोको यस्तो छ हालत

प्रतिदिन ९ अर्ब २० करोड खर्चन सक्ला ?


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसद्‌का दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दैछन्‌ । मन्त्री पुनले निर्धारित सिलिङभन्दा कम्तिमा एक खर्ब रुपैयाँ बढी हुनेगरी १९ खर्ब रुपैयाँ माथिको बजेट ल्याउन लागेका हुन्‌ ।

सिलिङ नाघ्नेगरी नयाँ बजेट ल्याउन लागे पनि सरकारले पूरानो अर्थात्‌ चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा निकै फितलो प्रगति गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले अनुसार हिजो (जेठ १४) बेलुकीसम्म शुरू बजेटको जम्माजम्मी ६३.७२ प्रतिशत हिस्सामात्रै खर्च गर्न सकेको छ ।

सरकारले २०८० जेठ १५ मा चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । हालसम्म ११ खर्ब १५ अर्ब ९६ करोड ७१ लाख अर्थात्‌ शुरू बजेट आकारको ६३.७२ प्रतिशतमात्र खर्च गर्न सकेको हो ।

शुरूमा १७ खर्ब ५१ अर्ब रुपैयाँ माथिको बजेट ल्याए पनि स्रोत (राजस्व, ऋण र अनुदान) जुटाउन नसकेपछि सरकारले अर्थवार्षिक समीक्षामार्फत घटाउँदै बजेट आकार १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँमा झारिसकेको छ ।

संशोधित बजेटमा सफल हुन दैनिक ९ अर्ब २० करोड खर्चनुपर्ने

बजेट कार्यान्वयन अवधि डेढ महिना बाँकी रहँदा सरकारले शुरू बजेट आकारको ३६.२८ प्रतिशत हिस्सा खर्चनै बाँकी छ । संशोधित बजेट आकारमा हिसाब गर्दा अबको ४५ दिन अर्थात्‌ असार मसान्तसम्म ४ खर्ब १४ अर्ब २९ करोड २९ लाख रुपैयाँ खर्चनुपर्छ ।

सरकारले संशोधित आकारको सबै बजेट खर्चने हो भने अबका ४५ दिनमा हरेक दिन कम्तिमा ९ अर्ब २० करोड ६५ लाख रुपैयाँ खर्च गर्नुपर्छ । तर, पूर्व मनसुन शुरू भइसकेकाले पूर्वाधार विकासका काम अघि बढाउन नसकिने हुँदा संशोधित बजेट खर्चन पनि सरकारलाई हम्मेहम्मे छ ।

पूँजीगततर्फ छुट्याएको ३ खर्ब २ अर्बमध्ये सरकारले हालसम्म करिब १ खर्ब २५ अर्ब रुपैयाँमात्र खर्चन सकेको छ । पूँजीगत तर्फको खर्च शुरू विनियोजनको जम्माजम्मी ४१.४१ प्रतिशतमात्र हो ।

स्रोत व्यवस्थापनमा पनि चुनाैती

शुरू बजेट आकारमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेकाे सरकारले हालसम्म  ६०.३७ प्रतिशत अर्थात्‌ ८ खर्ब ८८ अर्ब रुपैयाँमात्रै प्राप्त गरेको छ ।

यस हिसाबले शुरू बजेट आकारको ४० प्रतिशत स्रोत जुटाउन अब ४५ दिनमात्र बाँकी छ । तर, सरकारले बजेट अनुमान संशोधन गरी घटाएकाले शुरू बजेटकै अनुपातमा स्रोत जुटाउनुपर्ने बाध्यता भने छैन ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  २ : ३६ बजे

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम