संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा इजरायल–गाजा युद्धविराम प्रस्ताव पारित « Khabarhub

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा इजरायल–गाजा युद्धविराम प्रस्ताव पारित


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा गाजा क्षेत्रमा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव अत्यधिक बहुमतले पारित भएको छ ।

सुरक्षा परिषदमा रहेका १५ मध्ये १४ सदस्य राष्ट्रले युद्ध विराम गर्ने पक्षमा मतदान गरेका थिए । रुस भने मतदानमा सहभागी भएन ।

प्रस्तावमा ‘पूर्ण र पूर्ण युद्धविराम’, हमासद्वारा बन्धकहरूको रिहाई, मृत बन्धकहरूको अवशेष फिर्ता र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका लागि सर्तहरू राखिएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार गाजामा तीन चरणमा युद्धविराम लागु गर्ने उल्लेख छ । ती शर्तहरु कतारमार्फत् हमाससमक्ष पठाइएको छ ।

इजरायलले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको र हमासलाई पनि यसमा सहमत हुन आग्रह गरेको प्रस्तावमा उल्लेख छ ।

पहिलो चरणमा बन्धक बनाइएकालाई रिहा गर्ने तथा ज्यान गुमाइसकेको शव फर्काउने, इजरायली सेना गाजा क्षेत्रबाट हट्न सुरु गर्ने, विस्थापित भएकाहरुलाई घर फर्किन दिने प्रस्ताव छ ।

यसैगरी, दोस्रो चरणमा कोही बन्धक बाँकी भए तिनलाई रिहा गर्ने र इजरायली सेना गाजाबाट पूर्णरुपमा हट्ने तथा तेस्रो चरणमा गाजामा पुनर्निर्माणको काम सुरु गर्ने उल्लेख छ ।

गत अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा एक्कासि आक्रमण गर्दा करिब १२ सय मानिस मारिएका थिए । यस्तै २५० बढी मानिसको अपहरण भएको थियो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आक्रमणको जवाफ दिएपछि गाजामा मृत्यु हुनेको संख्या ३७ हजार नाघेको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ७ : ४१ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले