भक्तपुरमा भेटियो ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरा « Khabarhub

भक्तपुरमा भेटियो ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरा


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ जातको चरा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ ।

तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिए । उनले उक्त चरो काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको बताए ।

पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौं उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको जानकारी दिए ।

नेपालमा पहिलोपटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देखेका थिए ।

उक्त चरालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले नेपालका लागि पहिलो भएको पुष्टि गरेको पन्छी अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिए ।

गौँथली जस्तै देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा भक्तपुरमा असार लागेपछि जोडीनै देखिएको उनको भनाइ छ ।

युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान मरुभूमि आसपासका भेग र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा लेसर ग्रे पाइने उनले जानकारी दिए । यो सँगै मनोहरामा पन्छीका करिब तीन सय प्रजाति अभिलेख भएका छन् ।

एक महिनाअघि मनोहरामा ‘जल कुखुरा’ पनि देखिएको थियो । नेपालका अन्य भेगमा प्रायः नपाइने ‘ठूलो कस्दरी’ जलपन्छी २०७९ भदौमा, सोही वर्ष ७ भदौमा मनोहरामा सेतो पङ्खे फ्यालफ्याले र २०७८ असोज अन्तिम साता मनोहरा खोला किनारमा एक सय ९२ वर्षपछि पानी गौथली देखिएको अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १० : २१ बजे

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

सिद्धार्थनगर– गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकका साथबाट

‘अबको केही महिनामा नेपाल र भारत दुवैतिरबाट उच्चस्तरीय भ्रमण हुन सक्छ’

काठमाडौं– गत शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज

काठमाडौंमा रिट्ज-कार्लटन र वेस्टिन होटल सञ्चालन गर्ने सम्झौता

काठमाडौं– चौधरी ग्रुप (सीजी) ले म्यारियट इन्टरनेशनलसँग काठमाडौंमा दुई नयाँ

कोडेभर ७.० मा नेपाली विद्यार्थीका ६ टोली अन्तर्राष्ट्रिय पुरस्कार जित्न पुरस्कृत

काठमाडौं– विश्वकै सबैभन्दा ठूलो एआई, कोडिङ तथा रोबोटिक्स प्रतियोगिता कोडेभर