टी-२० वरीयतामा अस्ट्रेलियाका ट्राभीस हेड शीर्ष स्थानमा « Khabarhub

टी-२० वरीयतामा अस्ट्रेलियाका ट्राभीस हेड शीर्ष स्थानमा


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभीस हेड टी-२० वरीयताको ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् ।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित शीर्ष स्थानमा उक्लिएका हुन् ।

यस अघि शीर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् भने दोस्रो स्थानमा रहेका ईङल्याण्डका फिल साल्ट तेस्रो स्थानमा झरेका छन् ।

त्यस्तै पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् । त्यस्तै वेस्ट इन्डिजक जोन्सन चार्लेजले चार स्थानको सुधार गर्दै टप टेनमा इन्ट्री गरेका छन् ।

टी-२० क्रिकेटमा ब्याट्सम्यानको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६औं स्थानमा छन् भने अल राउण्डरको वरियतामा ऐरी सातौँ स्थानमा रहेका छन् ।

त्यस्तै नेपालका कप्तान रोहित पौडेल ६१औं स्थानमा छन् भने आसीफ सेख ६९औं स्थानमा छन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ३ : १२ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र