स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गरियोस : तोसिमा कार्की « Khabarhub

स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गरियोस : तोसिमा कार्की


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गर्न माग गरेकी छन् ।

बिहीवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गर्न माग गरेकी हुन् । उनले विभिन्न समयमा स्वास्थ्यकर्मीहरूमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै स्वास्थ्यकर्मीमाथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताइन् ।

उनले स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान शुरु गर्नुपर्ने माग गरिन् । कार्कीले भनिन्, ‘स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मीलाई निर्धक्क भएर बिरामीको उपचारमा काम गर्ने वातावरण बनाइयोस् । काँपिरहेको हातले उपचार गर्न सक्दैन, डराएको मस्तिष्कले उपचार गर्न सक्दैन ।

जसरी सुरक्षाकर्मीहरूमाथि हातपात गर्दाखेरी त्यो कसुर गर्ने व्यक्तिलाई पहिले हिरासतमा लगिन्छ, त्यसपछि अनुसन्धानको प्रक्रिया शुरु हुन्छ । त्यसरी नै स्वास्थ्यकर्मी भनेका राष्ट्रका सेवक हुन् । उपचार गर्ने व्यक्ति हुन् । उनीहरूलाई हातपात गर्नेलाई पनि पहिला हिरासतमा लग्नुपर्छ र अनुसन्धानको प्रक्रिया शुरु गर्नुपर्छ ।’

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ५ : ३१ बजे

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा

गण्डकीमा महिलाको उम्मेदवारी न्यून

गण्डकी– गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको