आजका समाचार : रास्वपा बैठकमै विवाद, मुकुलले मुखमा टेप टाँसे, एमालेले समर्थन फिर्ता लियो  | Khabarhub Khabarhub

आजका समाचार : रास्वपा बैठकमै विवाद, मुकुलले मुखमा टेप टाँसे, एमालेले समर्थन फिर्ता लियो 


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


16.1k
Shares
  • change font
  • change font
  • change font

एमालेले फिर्ता लियो सरकारको समर्थन, मन्त्रीहरूले राजीनामा बुझाउँदै
नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरको छ ।

एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले पनि बुधबार साँझ नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने भएका छन् ।


एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला केही घण्टाभित्र समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् ।

‘हामीले कांग्रेसको समर्थनमा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न समाननीय प्रधानमन्त्रीलाई मंगलबार नै आह्वान गरिसकेका छौँ’, उनले भने, ‘उहाँले मार्ग प्रशस्त गर्ने सम्भावना देखिएन । नयाँ राष्ट्रिय सरकार निर्माणमा अघि बढ्न हाम्रा मन्त्रीहरूले राजीनामा दिएर समर्थन पनि फिर्ता लिने काम आजै भइसक्छ ।’

एमालेले आजै सरकार छोड्ने

एमालेले प्रचण्डलाई दिएको अल्टिमेटम सकिँदै, मन्त्रीहरू बालकोटको निर्देशन कुर्दै

सरकार छाड्ने भएपछि कानुनमन्त्रीले गरेनन् न्यायाधीश नियुक्तिको निर्णय

नयाँ गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय

नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतीकरणसम्बन्धी छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताएको प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

देशलाई संकटबाट मुक्त गराउन गणतन्त्रको विकल्प खोज्नुपर्छ : राप्रपा नेपाल

राष्ट्रियसभामा कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न सांसदहरूको माग

प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल

राष्ट्रियसभामा विनियोजन विधेयकमा छलफल

महामन्त्री ढकालमाथि रास्वपाले थप कारबाही अघि बढाउने
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले पनि जारी छ । बुधबार बिहान साढे ८ बजेबाट केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको बैठक विवादबीच अघि बढिरहेको छ ।

बैठकको अध्यक्षता गर्दै सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकालको मागअनुसार लाइभ गर्ने कि नगर्नेबारे सहभागी नेताहरूको धारणा लिएका छन् ।


धारणा दिने प्रायः सबै नेताहरूले पार्टीको बैठक सञ्चालन कार्यविधिविपरीत आन्तरिक छलफलको विषय पार्टी रणनीति र कूटनैतिक रुपमा गलत हुने भएकोले सार्वजनिक गर्न नहुने अडान राखे ।

त्यसपछि सभापति लामिछानेले लाइभ गर्ने महामन्त्रीको प्रस्ताव निर्णयार्थ पेश गरे । सभापति लामिछाने र महामन्त्री ढकाललाई सहभागी नगराइएको प्रक्रियामा सतप्रतिशत सदस्यले लाइभ गर्न नहुनेमा अभिमत दिए । एक नेताका अनुसार सभापति लामिछानेले बैठकको लाइभ नहुने निर्णय तत्कालै सुनाए ।

रविलाई मुकुलको प्रश्न– बोलेका कुरा कहिले पूरा गर्नुहुन्छ ?

एक्लिएपछि मास्कमा टेप टाँसेर बसे मुकुल ढकाल

‘केन्द्रीय सदस्यहरूले नमानेपछि रोकियो रास्वपाको प्रत्यक्ष प्रसारण’

लिखित प्रस्तावमै ढकालले लेखे : मैले बिहे गर्ने कि कुमारै बस्ने पार्टीले निर्णय देओस्

रास्वपा सुधार्न मुकुलको योजना : सबै केन्द्रीय सदस्यहरू दुई साता गुप्तवास बसौँ

मुखमा कालो टेप टाँसेर रास्वपा महामन्त्री केन्द्रीय समिति बैठकमा

अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने
संयुक्त राज्य अमेरिकाले चाँडै युक्रेनका लागि २.३ अर्ब डलर भन्दा बढी सैन्य सहयोगको घोषणा गर्ने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मंगलबार बताएका छन् ।

‘राष्ट्रपति ड्रडाउन प्राधिकरणअन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्यांक हतियार र अमेरिकी इन्भेन्टरीबाट अन्य महत्वपूर्ण हतियारहरू प्रदान गर्नेछ,’ अस्टिनले युक्रेनी रक्षामन्त्री रूस्टेम उमेरोभसँगको बैठकमा बताएका हुन् ।


यस वर्षको सुरुमा युक्रेनमा लगभग ६१ अर्ब अमेरिकी डलर सहयोग स्वीकृत गर्ने कानुन काङ्ग्रेसले पारित गरेदेखि अमेरिकाले युक्रेनका लागि नियमित प्याकेजहरू घोषणा गर्दै आएको सिएनएनले जनाएको छ ।

अमेरिकाले हालै युक्रेनलाई हवाई रक्षा क्षमता प्राप्त गर्ने सूचीमा अन्य देशभन्दा शीर्ष स्थानमा राखेको छ ।

तालिबानद्वारा अमेरिकासँग बन्दी आदानप्रदानबारे छलफल

आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

उत्तरप्रदेशमा ‘भोलेबाबा’को प्रवचनमा भागदौड हुँदा मर्नेको संख्या १३४ पुग्यो

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : ५८ बजे

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौं – विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार

आज २०८१ साल असोज १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं – बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा