आजका समाचार : नेपालकै पहिलो महिला मुख्यसचिव नियुक्त, उपसभामुख रानाको बचाउमा रास्वपा   | Khabarhub Khabarhub

आजका समाचार : नेपालकै पहिलो महिला मुख्यसचिव नियुक्त, उपसभामुख रानाको बचाउमा रास्वपा  


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

लिलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव
सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।


गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो। त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग

यस्ता छन् मन्त्रिपरिषद्को तीनवटा बैठकमा १६ निर्णय

माधव नेपाललाई पार्टी फुट्ने चिन्ता, भने : फेरि षड्यन्त्र हुन थाल्यो

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

लगानीको वातावरण सुधार्नुपर्छ : प्रधानमन्त्री ओली

रास्वपाले भन्यो- उपसभामुखले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता भएको रहेनछ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानाले लेखेको सिफारिस पत्र अमेरिकी दूतावासमा दर्ता नभएको दाबी गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकमा पत्रका विषयमा पार्टीले अनौपचारिक रूपमा बुझ्दा दूतावासमा दर्ता नभएको पाइएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।


‘यो पत्रको मिति १८ महिना अगाडिको रहेछ । अमेरिकी दूतावासमा रजिस्टर भएको पनि छैन । सिफारिसअनुसार कसैले सुविधा लिइएको पनि पाइएन ’ बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता झाले भने ।

पत्रको एउटा मात्रै कपी बाहिर आएको तथा त्यसमा दूतावासको छाप नरहेको उनले बताए । यस प्रकरणमा उपसभामुखको आशय र नियत गलत नभएको तथा आर्थिक चलखेल नभएको झाले बताए।

सार्वजनिक लेखा समितिले माग्यो लाल आयोगको प्रतिवेदन

बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

रास्वपा केन्द्रीय समिति : उपसभामुख राना र निलम्बित महामन्त्री ढकालबारे छलफल हुँदै

एनसीबी र राहदानी विभागबीच समझदारी

जनआस्थाको कार्यालयमा आक्रमण गर्ने र प्रधान सम्पादकलाई मार्ने धम्की

स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दुःख व्यक्त, भोलिसम्म शव परिवारलाई बुझाउन निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन् ।

आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।


यस्तै दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे ।

‘अस्पतालका अनुसार डीएनए गर्न नपर्ने, पहिचान भएका सबैको भोलि साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ’, उनले भने, ‘शव हस्तान्तरणमा सहजीकरण गरिदिनु होला ।’ उनले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

डाक्टरलाई सौर्यका पाइलटले सुनाए-सय फिट उडेपछि जहाज आकाशतिर जानै सकेन

अहिलेसम्म ७ शवको पोष्टमार्टम, भोलिसम्ममा आफन्तलाई जिम्मा लगाइने

अजिरकोटका विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

पृथ्वी राजमार्गमा प्रसारण लाइन विस्तारको काम तीव्र

सेनाले बन्धक बनाएका पाँच जनाको शव इजरायल फर्काइयो
इजरायली सेनाले बिहीबार दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ ।

सेनाले बन्धक बनाइएका माया गोरेनका साथै सैनिकहरू रविद आर्ये काट्ज, ओरेन गोल्डिन, तोमर अहिमास र किरिल ब्रोडस्कीको शव इजरायललाई फिर्ता गरिएको जनाएको छ ।


गाजापट्टीको मुख्य सहर खान युनिसमा अपरेसनका क्रममा ती शव बरामद गरिएको सेनाको भनाइ छ । सेनाले अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ।

डिसेम्बरमा सेनाले गोरेनको मृत्यु भएको घोषणा गरेको थियो । उनलाई अक्टोबर ७ मा अपहरण गरी गाजा लगिएको थियो ।

दुई इजरायली किबुत्ज, निर ओज र निर यित्ज्याकको फरक फरक बयानमा सेनाले गोरेन र गोल्डिनको शव बरामद गरिएको बताएपछि बिहीबार उक्त घोषणा आएको हो ।

प्रशान्त क्षेत्रमा बढ्दो चिनियाँ प्रभावबीच अमेरिकाद्वारा भानुआतुमा राजदूतावास स्थापना

भारतले लक्षद्वीपमा सैन्य विमानस्थल बनाउने

रूसमा हेलिकप्टर दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु

बंगलादेशमा निषेधाज्ञा आदेशलाई खुकुलो पारियो

गेमी आँधीबाट ताइवानमा बाढी र पहिरो, फिलिपिन्समा २२ जनाको मृत्यु

मुम्बईमा भारी वर्षाका कारण उडान प्रभावित

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ८ : ०४ बजे

‘अर्ग्यानिक’का नाममा आयातीत शून्यवाद

गत वर्ष कात्तिकमा मोरङ, केराबारी गाउँपालिकाका केही साथीहरुले स्वतन्त्र नागरिक

विश्वकीर्तिमानी पर्वतारोहीलाई पञ्चेबाजासहित विमानस्थलमा स्वागत (तस्बिरहरू)

काठमाडौं– छिमेकी राष्ट्र चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो

खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने

काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

काठमाडौं– हरेक वर्ष दशैंको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन

टीकाको तेस्रो दिन काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौं– काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन