आजका समाचार : ओली क्याबिनेटले पूर्णता पायो, ढल्यो सुदूरपश्चिम सरकार, कक्षा १२ का बहुमत विद्यार्थी पास | Khabarhub Khabarhub

आजका समाचार : ओली क्याबिनेटले पूर्णता पायो, ढल्यो सुदूरपश्चिम सरकार, कक्षा १२ का बहुमत विद्यार्थी पास


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

तीन राज्यमन्त्रीले लिए सपथ, दुई पटकमै ओली क्याबिनेटले पायो पूर्णता

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीनजना राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले सपथ लिएका हुन् ।

सपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ छन् ।

प्रधानमन्त्री ओलीको निर्देशन- त्रिभुवन विमानस्थलसँगैको इन्धन भण्डार अन्यत्र सार्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलसँगै रहेको नेपाल आयल निगमको इन्धन भण्डार स्थानान्तरण गर्न निर्देशन दिएका छन् ।

शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङसहित तीनजना राज्य मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ दिलाएपछि ओलीले यस्तो निर्देशन दिएका हुन् ।

राज्यमन्त्री तामाङले सपथ लिइसकेपछि सिंहदरबारमा उपस्थित ऊर्जामन्त्री दीपक खड्कासमेतलाई ओलीले विमानस्थलसँगकै इन्धन भण्डार सार्ने तयारी थाल्न भनेका हुन् ।

ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्रीसमक्ष इप्पानको माग

शेयर बजारमा चलखेल आशंकापछि अर्थमन्त्रीको जवाफ- ‘इन्साइडर ट्रेडिङ’ हुन दिँदैनौँ

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा पौडेलले शेयरबजार अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका हुन् । उनले शेयर किनबेचमा आएको समस्यालाई समेत अध्ययन गर्न निर्देशन दिएको जानकारी दिए ।

अर्थमन्त्रीको तर्क- जनता सम्पन्न नभए बजारमा आएका राम्रा किताब किनेर पढ्न सक्दैनन्

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश निर्माणको लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।

किताब जात्राको छैटौँ संस्करणको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न सबैले आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको बताए । ‘आज नेपालीको साझा आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली हो’ पौडेलले भने ।

टीआरसी विधेयक चालु अधिवेशनबाटै पारित हुने

गृहमन्त्री रमेश लेखकको नेतृत्वमा झण्डै १० वर्षदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन राजनीतिक दलबीच सहमति जुटेको छ ।

संसदका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार टीआरसी विधेयक अगाडि बढाउने सहमति भएको छ ।

ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री सोडारीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएका छन् । नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सोडारीले शुक्रबार प्रदेशसभा बैठक सम्बोधनका क्रममा राजीनामा दिएका हुन् ।

गत असार २० गते एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए । उनले एमालेले समर्थन फिर्ता लिएको ३० औँ दिन विश्वासको मत लिने उदेश्यले प्रदेशसभा बैठक माग गरेका थिए ।

कर्णालीमा कांग्रेसले पठायो चार मन्त्रीको नाम

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ ।

दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम सिफारिस गर्ने निर्णय गरेको प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिए ।

लुम्बिनीका मन्त्रीले १० दिनपछि पाए मन्त्रालय

लुम्बिनी प्रदेशमा मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ ।

मन्त्री बनेका आठ सांसदहरूले मन्त्री बनेको १० दिनपछि जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले यही साउन ९ गते शपथ लिएका थिए ।

एकीकृत समाजवादीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटी (सूचीसहित)

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको टुंगो गरेको छ ।

आकांक्षीहरू अत्यधिक भएपछि विधानभन्दा बाहिरको व्यवस्थासहित केन्द्रीय कमिटी थपिएको हो । समाजवादीको विधानमा २१ जना पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति व्यवस्था गरिएको छ ।

समाजवादीले महाधिवेशन भएको एक महिनापछि केन्द्रीय कमिटी ३ सय ४४ सदस्यी हुने गरी शुक्रबार टुंगो गरेको छ ।

शुक्रबार आलोकनगरमा बसेको केन्द्रीय कमिटीको बैठकले उक्त संख्या रहेको केन्द्रीय कमिटी घोषणा गरेको हो ।

क्षमता अभिवृद्धि गर्न रास्वपाको दुईदिने बन्द कार्यशाला

पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

‘कार्यशालामा विचार, संगठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ‘लिडरसीप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुँदैछ’, कार्यवाहक प्रवक्ता मनिष झाले भने ।

रास्वपालाई रवि लामिछाने क्लबबाट बाहिर ल्याउनुपर्छ : मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले रवि लामिछाने क्लबबाट पार्टीलाई अलग गराउन अपिल गरेका छन् ।

पार्टी सदस्य एवं शुभचिन्तकहरुलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत ढकालले जबाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनुपर्ने बताउँदै लामिछाने क्लबबाट रास्वपालाई बाहिर ल्याउन तीन सुझाव दिएका छन् ।

कुलमानले दोहोर्‍याए- ६० दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन काटिन्छ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६० दिनभित्रमा बाँकी बक्यौता नतिरे उद्योगहरूको लाइन काट्ने फेरि चेतावनी दिएका छन् ।

शुक्रबार बसेको संघीय संसद्‍को लेखा समिति बैठकमा घिसिङले निश्चित समय दिएर पैसा तिर्ने शर्तमा ६ वटा उद्योगको काटिएको लाइन जोडिएको बताए । उनले अब उनीहरूले पैसा नतिरे फेरि लाइन काटिने प्रष्ट पारेका हुन् ।

मौलाकाली केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु

मौलाकाली केबलकारको निर्माणाधीन भवनको चार तलाबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीस्थित गैंडाकोट नगरपालिका-१ मौलाकालिका मन्दिरस्थित मौलकाली केबलकारको चार तला माथिबाट खसेर मजदुरका रुपमा कार्यरत गोरख राउत कुर्मी पटेलको मृत्यु भएको हो ।

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् ।

बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुत्तीर्ण भएका छन् ।

रुस र पश्चिमी देशबीच कैदी आदान प्रदान

भारतमा बाढीका कारण १३ जनाको मृत्यु

भारतमा ग्रामीण भेगका जनालाई डिजिटल साक्षरता प्रदान

जापानको इतिहासमै जुलाईमा अधिकतम तापक्रम मापन

गर्मीका कारण युरोपमा वर्षेनी एक लाख ७५ हजारको मृत्यु : डब्लुएचओ

महिला बनेर पुरुषले प्रतिस्पर्धा गरेको भन्दै ओलम्पिकमा विवाद

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : ०० बजे

थिमीको कुभिण्डे जात्रा सम्पन्न

भक्तपुर – दसैँको अवसरमा मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न

बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस

कामाडौँ – पाकिस्तानका पूर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्याको

तनहुँ र नवलपुरमा उनन्तीस खानेपानी योजना सम्पन्न

तनहुँ – आर्थिक वर्ष २०८०-८१ मा तनहुँ र नवलपुरमा २९

बाढीबाट सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति

राजविराज – हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति