म्याग्दीको मङ्गलामा 'लिफ्ट' प्रविधिबाट खानेपानी आयोजना निर्माण | Khabarhub Khabarhub

म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लाको मङ्गला गाउँपालिका–२ र्‍यालेखोरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण भएको छ । सौर्य ऊर्जाको प्रयोग गरेर र्‍यालेखोर बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी वितरण गरिएको हो ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको साझेदारीमा उक्त आयोजना निर्माण भएको हो ।

आयोजना निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग गरेको नेवाका प्राविधिक गोर्खबहादुर शाहीले मुहानबाट एक सय ९ मिटर माथि रहेको टङ्कीमा तानेर वितरणको व्यवस्था मिलाएको जानकारी दिए ।

उनका अनुसार प्रतिसेकेन्ड दुई लिटरका दरले तानिएको पानी २४ वटा घर र त्रिभुवन मङ्गला माविमा निजी धारामार्फत वितरण गरिएको हो ।

९२ लाख २४ हजार नौ सय ८७ को लगानीमा र्‍यालेखोर, खुम्लीया र भाइवाङमा खानेपानी आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले बताए ।

उनले र्‍यालेखोर र भाइवाङका एक सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा आठ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको जानकारी दिए । भाइवाङ र खुम्लीयामा पधेराको मुहानको पानी वितरण गरिएको छ ।

‘यसअघि चार/पाँच घरका लागि एउटाका दरले बनाइएको सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो’, आचार्यले भने, ‘वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।’

मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका उनको भनाइ छ । घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्की चाङ बनाइएको छ ।

नेवाको ३८ लाख ७१ लाख तीन सय सात रुपैयाँ, मङ्गला गाउँपालिकाको २७ लाख रुपैयाँ अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार चार सय ६८ रुपैयाँ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

अध्यक्ष आचार्यका अनुसार उपभोक्ताले श्रमदान गर्नुका साथै थप तीन लाख ७५ हजार दुई सय १२ रुपैयाँ नगद सङ्कलन गरिएको थियो ।

स्थानीय पुष्पा गौतमले घरकै धारामा नियमित खानेपानी आउन थालेपछि समयको बचत, झञ्झट र सास्ती हटेको बताइन् । खानेपानीका साथै नुहाउन, कपडा धुन, गाई वस्तुलाई खुवाउन र सरसफाइका लागि पानी लिन सार्वजनिक धारामा जाने समय बचत भएको उनको भनाइ छ ।

नेवाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माण भएका छन् । खानीगाउँका ३७ घर र एक विद्यालय तथा हिदीका ६४ घरमा निजी धारासहित खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  २ : ३७ बजे

बङ्गलादेशमा हसिनाको पतनपछि सेनाको सहजीकरणमा भएको थियो अन्तरिम सरकार गठन

काठमाडौं- गत वर्षको जुलाई महिनाको अन्त्य र अगस्टको शुरुतिर बङ्गलादेशमा

राष्ट्रपति निवासमा पनि प्रवेश गरे प्रदर्शनकारी

काठमाडौं– मंगलबार दिउसो प्रदर्शनकारी राष्ट्रपति निवास सितल निवास प्रवेश गरेका

राज्यसत्ताका तिनै अंग प्रदर्शनकारीको कब्जामा

काठमाडौं– राज्यसत्ताका तिनै अंग प्रदर्शनकारीको कब्जामा पुगेको छ । मंगलबार

देउवासँगै पत्नी आरजु रक्ताम्य हुने गरी कुटिइन्

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै उनकी पत्नी डा. आरजु राणा

रक्ताम्य हुने गरी कुटिए पूर्वप्रधानमन्त्री देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा.