आजका समाचार : झ्याप्लेखोलबाट ३५ जनको शव निकालियो, डराए वायुसेवा सञ्‍चालक, छविलाई पक्राउको विरोधमा रास्वपा | Khabarhub Khabarhub

आजका समाचार : झ्याप्लेखोलबाट ३५ जनको शव निकालियो, डराए वायुसेवा सञ्‍चालक, छविलाई पक्राउको विरोधमा रास्वपा


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो प्रभावितको खोज तथा उद्धार प्राथमिकता

सर्वदलीय बैठकले बाढीपहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ ।

आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको सर्वदलीय बैठकले खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर सरकारका गतिविधि अघि बढाउने निर्णय गरेको हो ।

भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न राप्रपाको सुझाव

माओवादी निष्कर्ष : सरकारले पूर्वतयारी नगर्दा ठूलो क्षति भयो

नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।

माओवादी केन्द्रको एसिया संगठन समितिद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

रास्वपा भन्छ- दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदियो

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार प्राकृतिक विपत्तिको तयारीमा चुकेको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी कार्यालय चमतीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सरकार रास्वपा सभापति रवि लामिछानेलाई आरोप लगाउन केन्द्रित हुँदा विपत्तिको सामना गर्न चुकेको दाबी छ ।

पूर्वडीआईजी जोशीको बचाउमा रास्वपा, पक्राउ गरिएकोमा आपत्ति

झ्याप्ले खोला पहिरो : जहाँ पुरिएका थिए तीनवटा गाडी (तस्बिरहरू)

त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीबेंसी र काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सिमानामा पर्ने झ्याप्ले खोलाको पहिरो कयौँ सुन्दर जीवन खोस्ने ठाउँका रुपमा परिचित भएको छ ।

शुक्रबार राति हराएका चारवटा सवारीसाधन त्यही झ्याप्लेखोलाको पहिरोले पुर्दा ज्यान गुमाएका ३५ जनाको शव सुरक्षाकर्मीले निकालिसकेका छन्।

झ्याप्ले खोलाको पहिरोमा आमासहित अस्ताए बंगलादेश हिँडेका दाजुबहिनी

बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई कोशी सरकारको १ लाख राहत

यी स्थानमा भयो ‘रेकर्ड ब्रेक’ वर्षा (सूचीसहित)

एनआरएनएले बाढीपीडितका नाममा उठाउन थाल्यो चन्दा

कारबाही हुने भएपछि हच्किए वायुसेवा सञ्‍चालक, अपर लिमिटमा टिकट नबेच्ने

बाढीपहिरोका कारण देशभर यातायात आवागमन प्रभावित भएको मौका छोपी एकाएक उच्चतम मूल्यमा टिकट बेच्न थालेका वायुसेवा सञ्‍चालकहरू हच्किएका छन्‌ ।

विपद्‌का बेला सास्तीमा परेका यात्रुलाई अभरमा पारेर नाफा कमाउन खोजेको भन्दै आलोचना भएपछि कम्पनीहरूले हवाई टिकटको मूल्य अपर लिमिटबाट तल झारेका हुन्‌ ।

वायुसेवा कम्पनीले बुधबारसम्म हवाई टिकटको अधिकतम मूल्य नलिने

मन्त्री पाण्डेको पहलपछि वायुसेवा कम्पनीहरू आन्तरिक उडानमा भाडा घटाउन सहमत

नेपाल वायुसेवा निगमको टिकट काटेर यात्रा गर्न छुटेका यात्रुलाई अष्टमीसम्म शुल्क नलाग्ने

बाढीपहिरोका कारण चीनतर्फका दुवै नाका बन्द, दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या

दशैं नजिकिँदै गर्दा चीनतर्फबाट सामग्री आयात गर्ने मुख्य तातोपानी नाका बन्द हुन पुगेको छ । पछिल्लो समयमा आएको बाढीको कारण पहिरोले सडकमा क्षति पुर्‍याएको र बेलिब्रिज पुल बगाएपछि सवारी साधनको आवतजावत बन्द हुन पुगेको हो । जसले गर्दा दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या सिर्जना भएको छ ।

तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीका अनुसार तातोपानी नाका नजिकको तिपिङदेखि लार्चा बिचमा पर्ने तिपिङ खोलामा पुल र सडकबीचकोको सम्बन्ध विच्छेद भएकाले सवारी साधन ओहोरदोहोर गर्न नसक्ने अवस्था छ । साथै बाढीले भन्सार कार्यालय भएको लार्पा नजिकको भोटेकोशीको बेलिब्रिज पुल पनि बगाएको छ । जसले गर्दा अहिले सडक यातायात पूर्णरूपमा सम्बन्ध विच्छेद भएको अवस्था भएको उनले बताए ।

अर्थसंक्षेप : बाढीपहिरोले जलविद्युत आयोजनामा २ अर्बको क्षति, नेप्सेमा दोहोरो अंकको गिरावट

अन्तर्राष्ट्रिय…

इजरायलद्वारा लेबनानसँगको सीमामा ट्याङ्क तैनाथ

हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ

खेलकुद…

पाकिस्तानी क्रिकेट टिमका छनौटकर्ता मोहम्मद युसुफको राजीनामा

स्पेनिस ला लिगा : ओसासुनासँग बार्सिलोना स्तब्ध

इंग्लिस प्रिमियर लिग : पालमरको चार गोलमा चेल्सीको जित

 

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : २६ बजे

संसद विघटन असंवैधानिक : नेपाल बार 

काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल