नेपालले अघि सारेका विषयप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक छन् : अर्थमन्त्री पौडेल | Khabarhub Khabarhub

नेपालले अघि सारेका विषयप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक छन् : अर्थमन्त्री पौडेल


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् ।

अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गरेका थिए ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरूको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गरेका थिए ।

त्यसै गरी जलवायु न्यायका लागि विकास साझेदार र सिङ्गो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानी नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुरोध गरेका थिए ।

अर्थमन्त्री पौडेलले नेपालले अघि सारेका विषयहरूप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको बताए ।

अमेरिकामा रहेका बेला अर्थमन्त्रीले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरूसँग अलग-अलग भेटवार्ता गरेका थिए । त्यसै गरी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गरेका थिए ।

अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री पौडेलले नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुका साथै अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधि, नेपाली समुदाय लगायतसँग भेटघाट गरेका थिए । अर्थमन्त्री पौडेल कार्तिक ५ गते अमेरिका गएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १० : २८ बजे

सहिद विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले दियो खाद्यान्न सामग्री

सिरहा– ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर सहिद भएका

गृह मन्त्रालयमा ‘सहायता कक्षा’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले ‘जेन-जी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात् विकसित भएको घटनाक्रम

पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर पार्टी कार्यालय पुनः निर्माण गर्छौँ : धनराज गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट १०

जेन-जी आन्दोलनका घाइते प्रहरी भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत २३ र २४ गते भएको

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनका क्रममा