थाइल्यान्डविरुद्ध नेपाल १०६ रनको फराकिलो अन्तरले विजयी « Khabarhub

थाइल्यान्डविरुद्ध नेपाल १०६ रनको फराकिलो अन्तरले विजयी


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले थाइल्याण्डमाथि फराकिलो जित हासिल गरेको छ ।

आइतबार दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको अन्तरले पराजित गरेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछाएको थाइल्याण्डले १६ ओभरमा अलआउट हुदै ३३ रन मात्र बनाएको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै नेपालले साना प्रविनको अर्धशतकको सहयोगमा २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।

प्रतियोगितामा यो जितपछि नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ र अंक तालिकामा नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै थाइल्याण्डले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ र अंकतालिकामा २ अंकसहित तेस्रो स्थानमा रहेको छ । अब नेपालले यस प्रतियोगितामा बुधबार कुवेतसँग र विहिबार युएईसँग खेल्ने तालिका रहेको छ ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ६ : १२ बजे

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

सोमबार बिहानै रोल्पामा भूकम्पको धक्का

काठमाडौँ – रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प