‘जनताले कांग्रेस सरकारमा रहेको अनुभूति गर्ने गरि काम गर्छौं’ « Khabarhub

‘जनताले कांग्रेस सरकारमा रहेको अनुभूति गर्ने गरि काम गर्छौं’


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकले नेपाली कांग्रेस सरकारमा रहेको अनुभूति हुने गरि काम गर्ने बताएका छन् । 

जनकपुरमा रहेको मधेस प्रदेश नेपाली कांग्रेस पार्टी कार्यालयमा संक्षिप्त सम्बोधन गर्दै उनले राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको भन्दै सरकारले नागरिकको चाहना अनुसार काम गर्ने बताए। राजनीतिक स्थायीत्व विना विकास र समृद्धि सम्भव नरहेको भन्दै उनले कांग्रेस र एमाले गठबन्धनले स्थीरतासँगै विकास निर्माणलाई प्राथमिकतामा राखेको बताए। 

त्यस्तै फरक सन्दर्भमा उनले अहिले आइरहेका चुनौति सामना गर्न सक्ने गरि कांग्रेस पार्टीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। प्रदेशले राम्रो काम गरे पार्टी बलियो हुने भन्दै उनले मधेस प्रदेश समितिलाई संगठन निर्माणमा लाग्न पनि आग्रह गरे। 

नागरिकलाई सहज रूपमा सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन्। शहरी विकास मन्त्रालयले निर्माण गरेको मिथिला अन्तरगृह परिक्रमा विश्रामस्थल तथा सभाहल समुद्घान कार्यक्रममा बोल्दै उनले सेवा प्रवाहलाई सहज बनाउन निर्देशन दिए । 

सभाहल र मिथिला अन्तरगृह परिक्रमा विश्रामस्थलको निर्माणले  स्थानीयलाई थप सहज हुने उपप्रधानमन्त्री सिंहले  विश्वास व्यक्त गरे। त्यस्तै उनले योजनाहरू बनाउँदा जनप्रतिनिधिहरूसँग सल्लाह गर्दा काम सहज हुने पनि बताए। 

संघीय शहरी तथा भवन निर्माण कार्यालय जनकपुरधामले समयमै काम सम्पन्न गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा अरू आयोजनाहरू पनि समयमै काम सक्ने गरि अघि बढाउन निर्देशन दिए। 

६ करोड २१ लाखमा समयमै निर्माण सम्पन्न भएको जलेश्वर-जनकपुरधाम-धनुषाधाम सर्किटअन्तर्गत सभाहल, विश्रामस्थल, धर्मशाला, मन्दिर परिसर सुधार, पोखरि सौन्दर्यीकरणको काम सम्पन्न भएको छ । यसले जनकपुरधामको धार्मिक गतिविधिमा सघाउ पुग्ने विश्वास गरिएको छ । 

त्यस्तै उपप्रधानमन्त्री सिंहले धनुषाकै गणेशमान चारथान नगरपालिकामा निर्मित नेपाल रेडक्रस आँखा उपचार केन्द्रको नवनिर्मित शल्यक्रिया भवनको पनि उद्‌घाटन गरे। उनले शल्यक्रिया सेवा शुरु भएपछि स्थानीय नागरिकले सुविधा पाउने र उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे। 

आँखाको उपचार प्रभावकारी बनाउन आग्रह गर्दै उपप्रधानमन्त्री सिंहले आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जनाए। सिंह सहभागी कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, कांग्रेस  केन्द्रीय सदस्य, राष्ट्रिय सभा सदस्य आनन्द ढुँगाना, केन्द्रीय सदस्य किरण यादव र मुक्ता यादव पनि सहभागी थिए।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ७ : १४ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री