दुर्गा प्रसाईंका समर्थकहरूको सभा कोटेश्वरमा | Khabarhub Khabarhub

दुर्गा प्रसाईंका समर्थकहरूको सभा कोटेश्वरमा


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतमा रहेका बेला उनका समर्थकहरू कोटेश्वरमा भेला भएका छन् ।

सत्तारुढ नेकपा एमालेलाई चुनौती दिँदै मंसिर ७ मा काठमाडौंमा सभा गर्ने घोषणा गरेका प्रसाईं मंसिर ४ मा पक्राउ परेर साइबर ब्यूरो भोटाहिटीको हिरासतमा छन् ।

उनै प्रसाईंले पनि मंसिर ७ गते काठामाडौंमा सभा गर्ने निर्णय गरेका थिए । तर उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी गरेको फेक सामग्री पचार गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरिसकेको छ । त्यहीकारण प्रसाईंको ठूलो सभा असम्भव भएको हो।

यद्यपि उनले आफूलाई पक्राउ तयारी भइरहेका बेला फेसबुकमार्फत् मंसिर ७ गते काठमाडौंमा भेला हुन समर्थकहरूलाई आह्वान गरेका थिए ।

उनका समर्थकहरू अहिले कोटेश्वर क्षेत्रमा ‘नागरिक मुक्ति आन्दोलन’का नाममा राष्ट्रिय झन्डासहित भेला भएका छन् । भेलामा औपचारिक कार्यक्रम हुने-नहुने खुलेको छैन ।

प्रसाईंको समर्थकको भेला हुने भएपछि कोटेश्वर र बालकुमारी क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शुक्रबार नै सत्तारुढ दल एमालेले दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै छ । जहाँ अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

ट्राफिक प्रहरी महाशाखाले पनि दरबारमार्ग, माईतिघर, बालकुमारी र जावलाखेल क्षेत्रमा विभिन्न कार्यक्रम हुने भएकाले उक्त स्थान हुँदै चल्ने सवारी साधनको आवागमनमा प्रभाव पर्ने भएकोले वैकल्पिक सडकको प्रयोग गर्न चालकहरूलाई अपिल गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : २७ बजे

रास्वपाको विरोधपछि आधा घण्टालाई संसद् स्थगित

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको

इरान–इजरायल द्वन्द्वमा ट्रम्पले ‘आगोमा घ्यू थपे’ : चीन

काठमाडौं– चीनले इरान र इजरायलबीच जारी द्वन्द्वमा अमेरिकी राष्ट्रपति डोनाल्ड

संसद्को गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख र रास्वपाबीच छलफल

 काठमाडौं– प्रतिनिधिसभा बैठकमा जारी गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख

सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका

गाजा क्षेत्रमा खानेकुरा पाउन व्यग्र भएर बसेका ४५ जना भोका प्यालेस्टाइनी इजरायली आक्रमणमा मारिए

काठमाडौं– इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा खानेकुरा प्राप्त गर्न व्यग्र