सार्वजनिक ऋणको दलदलमा फसेको लाओसमा मुद्रास्फीति बढ्यो « Khabarhub

सार्वजनिक ऋणको दलदलमा फसेको लाओसमा मुद्रास्फीति बढ्यो


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्वजनिक ऋणको दलदलमा फसेको लाओसमा मुद्रास्फीति ह्वात्तै बढेको छ । मुद्रास्फीति ह्वात्तै बढेपछि साम्यवादी शासन रहेको लाओसको राजधानी भियन्टिएनका बजारमा चहलपहलमा पनि कमी आएको छ ।

एशियाली विकास बैंक एडीबीका अनुसार सन् २०२२ मा लाओसमा मुद्रास्फीति दर २३ प्रतिशत रहेको थियो । त्यसैगरी, सन् २०२३ मा मुद्रास्फीति बढेर ३१ प्रतिशत पुग्यो । यस वर्ष भने मुद्रास्फीति २५ प्रतिशत पुग्ने एडीबीको अनुमान छ ।

केही समयअघि मात्रै विश्व बैंकले लाओसको सार्वजनिक ऋण धान्ने नसकिने अवस्थामा पुगेको चेतावनी दिएको थियो । लाओसको सार्वजनिक ऋण १३ अर्ब अमेरिकी डलर पुगेको छ । जुन, त्यहाँको कुल ग्राहस्थ उत्पादनको १ सय ८ प्रतिशत हो ।

लाओसले तीव्र गतिको रेल निर्माण गर्नका लागि चीनसँग ६ अर्ब डलर ऋण लिएको छ । चीनको महत्वकांक्षी बीआरआई परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त रेलमार्गले चीनलाई सिंगापुरसँग जोड्ने योजना छ ।

मुद्रास्फीतिसँगै घरेलु मुद्राको मूल्यमा भारी गिरावट आएको छ । यसले ऋण तिर्ने लाओसको क्षमतामा अझ ह्रास आएको जनाइएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार आगामी तीन वर्षसम्म लाओसले ऋणको ब्याजमात्रै औसतमा १ अर्ब ३० करोड डलर तिर्नुपर्ने छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : ५७ बजे

स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी

काठमाडौं- स्ट्रेट अफ हर्मुजमा रहेको तेल ट्याङ्कर र व्यवसायिक जहाजलाई

सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

राँझा– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको

एक अर्ब ४७ करोड बढी राजस्व सकंलन

चितवन– गत आर्थिक वर्षमा भन्दा चालु आवमा एक अर्ब ४७

ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री

काठमाडौं- इरानी उपविदेशमन्त्री सइद खातिबजादेहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको निर्देशन, यी हुन् क्षेत्रहरू 

काठमाडौं– गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’