उनिर्वाचन अप्डेट : उदयपुरको बेलका–९ मा ७४६ मत खस्यो « Khabarhub

उनिर्वाचन अप्डेट : उदयपुरको बेलका–९ मा ७४६ मत खस्यो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उदयपुरको बेलका नगरपालिका–९ मा वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनमा ७४६ मत खसेको छ । बेलका–९ का निर्वाचन अधिकृत मनोज प्रसाद गुप्ताकाअनुसार मतदान शान्तिपूर्ण भइरहेको छ ।

बेलका–९ मा ३ उपकेन्द्रमार्फत निर्वाचन भइरहेको छ । जसमा ‘क’मा नवराज खड्का, ‘ख’मा भवानी कट्टेल र ‘ग’मा विकास भट्टराई मतदान अधिकृत छन् ।

निर्वाचन अधिकृत गुप्ताका अनुसार बिहान ११ बजेसम्मको अप्डेट अनुसार उपकेन्द्र ‘क’मा १४१ जना पुरुष र १०४ जना महिलाले मतदान गरेका छन् ।

त्यस्तै, ‘ख’मा १३८ पुरुष र १२२ महिला, ‘ग’मा १३१ जना पुरुष र ११२ जना महिलाले मदतान गरेको अधिकृत गुप्ताले जानकारी दिए ।

बेलका–९ मा नेपाली कांग्रेसका नवराज बस्नेत(नवीन), एमालेका मोहन खड्का र माओवादी केन्द्रका भरत घिमिरेसहित ७ उम्मेदवार छन् । रास्वपा, जसपा, र राप्रपाका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन् ।

बोलका–९ मा २०७९ को निर्वाचनमा कांग्रेसका पदम खड्का निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १२ : ३१ बजे

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल